काठमाडाैँ- लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु-मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ। ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची-हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि काठमाडाैँसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन्। बाढीका कारण मेलम्ची नगरपालिका-११ सिमखेतमा सडकमा राखिएका दुई स्काभेटर बाढीमा डुबेका छन्। यस्तै, बाढीले मेलम्ची खानेपानी […]