अर्थमन्त्री जनार्दन शर्माले फ्रान्सेली राजदूत गिल्लिज् बौरबाओसँग लगानीका लागि सहजीकरणको आग्रह गरेका छन् । सोमबार राजधानीमा राजदूत बौरबाओसँग शिष्टाचार भेट गर्दै मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानीका लागि उर्वर रहेको र यसमा लगानी गर्न चाहने फ्रान्सेलीहरुलाई सहजीकरण गरिदिन आग्रह गरे । यसका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकार हरदम तयार रहेको मन्त्री शर्माले राजदूत बौरबाओलाई विश्वस्त पारे । उक्त भेटका क्रममा राजदूत बौरबाओ र मन्त्री शर्म