पर्वत : पाको उमेरका कारण स्वास्थ्य संस्थासम्म जान समस्या भोगेका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै नेपाली सेनाको नयाँ रणभीम गुल्मले जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा स्वास्थ्य शिविर सम्पन्न गरेको छ।नागरिक–सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउन तथा सैनिकका तर्फबाट नागरिकको स्वास्थ्य सुविधामा थप पहुँच विस्तार गर्न शिविर आयोजना गरिएको आयोजक नयाँ रणभीम गुल्म गोदाम ब्यारेक कुश्माका गुल्मपति सेनानी राजन पाण्डेले बताए।स्थानीय नागरिक र जनप्रतिनिधिबाट समेत अस्पतालसम्म पुगेर स्वास्थ्य अवस्था जाँच ग