जोखिम युक्त बस्ती स्थानान्तरण जरूरी

काठमाडौं, असार ४ । देशभित्रवर्षेनी बाढीपहिरोबाट सयौ नागरिकले ज्यानगुमाउने गरेका छन् भने ठूलो जनधनको क्षति हुँदै आएको छ । राज्यले पनि ठूलो व्ययभार व्यहोर्दै आएको छ । वर्षेनीआउने बाढी पहिरोको पहिलो निसानामा नदी तथा खोला किनाराका बस्तीमा बसोबास गर्ने बासिन्दा पर्दै आएका छन् । यसपटक वर्षा यामको शुरूमै सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा बाढी पहिरोले ठूलो जन […]

सम्बन्धित सामग्री

डोटीको सायलका ५८४ घरधुरी पहिराको जोखिममा

डोटीको सायल गाउँपालिकामा बाढी पहिरोका कारण सयौँ घर उच्च जोखिम रहेका छन् । उक्त गाउँपालिका–१, २, ४, ५ र ६ मा रहेका करिब ५८४ घरधुरी पहिराको जोखिममा परेका हुन् ।गत वर्ष असोज, कात्तिक महिनामा परेको अविरल वर्षाले गाउँमाथिबाट पहिरो आएको र ती बस्ती हालसम्म स्थानान्तरण नगरिँदा अहिले जोखिममा परेका स्थानीयवासी तेजबहादुर डुम्रेले बताए । उनले भने, “पोहर सालको बाढी पहिराले बस्ती नै सार्नु पर्ने थियो, अहिलेसम्म बस्ती स्थानान्तरण गरिएन अब ठूलो पानी परे कतिबेला पहिराले बस्ती च्यापिन्छ, साह्रै जोखिम

फलेवासको चर्किएको बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण : भूकम्प पीडितलाई राहत

चैत १७, पर्वत । पर्वतको फलेवास नगरपालिका ८ अर्चलेका ६७ वर्षिया बुद्धिसरा विकलाई २०७२ सालको भूकम्प अहिले पनि मानसपटलमा झलझली आउँछ ।  घरका ६ जना परिवार सकुसल भएपनि बस्दै आएको घर र आँगन भूकम्पले भत्कियो । भूकम्पपछि पालमा बस्दै आएका बुद्धिसराको परिवार ६ वर्षपछि सुरक्षित स्थानमा सरेको छ । छतिवनटारीमा एकीकृत बस्ती बनाएर बुद्धिसराको परिवार स्थानान्तरण भएको हो ।  ‘अहिलेपनि भूकम्प गएको दिनको सम्झना आइरहन्छ,’ बुद्धिसराले भनिन्,  ‘धन्न बाँचियो र अहिले यहाँ पक्कि घरमा बस्न पाइयो ।’ घामपानी छलेर छानामुनीको घरमा सर्दा उनका आँखा रसाए । बुद्धिसरा सहित अर्चलेका १२ दलित समूदायका घर परिवार असुरक्षित रहेको अर्चलेबाट सोहि वडाको छतिवनटारीमा स्थानान्तरण भएपछि राहतको सास फेरिरहेका छन् ।  भूकम्पले बस्ती चिराचिरा परेपछि त्रासमा रहेका स्थानीयलाई भूकम्प गएको ६ वर्षपछि एकीकृत बस्तीमा सारिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् भने खानेपानी, विजुली र सडक बनाउन फलेवास नगरपालिकाले लगानी गरेको छ । बस्ती निर्माणमा करिव २ करोड खर्च भएको छ । सरकारले जोखिममा रहेको बस्ती स्थानान्तरण गरेपछि अहिले राहातको महसुस गरेको स्थानीय ईश्वर विश्वकर्माले बताए ।  उनले पहिलेको त्रास अहिले हटेको बताउँदै बस्तीमा सुरक्षित बस्न पाउँदा खुशी लागेको सुनाइन् । ‘भूकम्प गएको ६ वर्षसम्म दुःख कष्टले दिन बिताइयो,’ विकले भनिन्,‘ ढिलो भएपनि बलियो ठाउँमा सर्न पाइयो । यसैमा हर्ष लागेको छ ।’ एकै प्रकारका घरमा एकै किसिमको रङ लगाइएको छ । बस्तीमा पानी, सडक, विजुलीको सुविधा पुगेको छ । वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार बस्ती नजिकै विद्यालय नहुँदा भने समस्या छ । चाँडै प्राथमिक तहको विद्यालय समेत नजिकै निर्माण गर्ने तयारीमा रहेको कुँवरले सुनाए । आयआर्जनका लागि फलेवास नगरपालिकाले सामूहिक आरन उद्योग समेत सञ्चालनमा ल्याएको कुँवरले बताए ।  एकीकृत बस्तीको बारेमा जानकारी गराउँदै स्थानीय डिलबहादुर विकले भूकम्पले भत्किएको पुरानो बस्तीमा घर बनाउँदा फेरि पनि उच्च जोखिम हुने भनी भूगर्वविदहरुले बताएका कारण बस्तीलाई नयाँ ठाउँमा सारिएको बताए ।  बस्ती निर्माणका अभियान्ता विकका अनुसार पूर्वाधार विकासमा ४७ लाख, निर्माणका लागि प्राधिकरणको ३६ लाख, उपभोक्ताको तर्फबाट प्रतिघर ३ लाखका दरले ३६ लाख, जग्गा खरिदमा २४ लाख, बाटो, विद्युत्, खानेपानी, सडक र उद्योग सञ्चालनका लागि नगरपालिकाको ३५ लाख रुपैयाँ लगानी भएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रति परिवार तीन लाख रुपैयाँ दिएकोमा भूकम्प पीडित स्वयंले पुनः तीन लाख रुपैयाँ थप गरेर घरहरु निर्माण गरिएका बिकले बताए । बस्ती निर्माण सहित बासिन्दाका लागि आवश्यक भौतिक संरचना समेत निर्माण गरेर भूकम्प पीडितहरु नयाँ बस्तीमा सरेसँगै सोमवार प्रतिनिधि सभाका सदस्य पदम गिरीले बस्तीको उद्घाटन गरेका थिए ।  गिरीले बस्तीमा आवश्यक पर्ने थप पूर्वाधार निर्माणका लागि राज्यको तर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिए । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले एकीकृत बस्ती पर्वतकै नमूना बस्ती रहेको बताए ।

दार्चुलाका १० वटा बस्ती स्थानान्तरण गर्न माग

दार्चुलाको दुहुँ गाउँपालिकामा बाढीपहिरोका कारण क्षतविक्षत बस्तीहरू स्थानान्तरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयलाई अनुरोध गरेको छ । बाढी र पहिरोले जमिन भासिएर बस्न जोखिम भएकाले विभिन्न ठाउँका १० वटा बस्ती स्थानान्तरणका लागि मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो ।

मेलम्चीको तल्लोे तटीय क्षेत्रमा जोखिम भए बस्ती सारिने

मेलम्चीमा आएको बाढीका कारण नदीको आयतन बढेसँगै तल्लो तटीय क्षेत्रमा पर्ने असरको विषयमा सम्भाव्यता अध्ययन भइरहेको छ । अध्ययनले तल्लो तटीय क्षेत्रमा जोखिम देखिएमा बस्ती स्थानान्तरण गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । मनसुन सुरुवात भएको साता दिन पनि नपुग्दै गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजार नै […]

पर्वतमा जोखिममा रहेका बस्ती स्थानान्तरण हुने

पर्वत । बर्खायाममा पहिरो र बाढीको जोखिममा पर्न सक्ने बस्तीलाई स्थानान्तरण गरिने भएको छ । पर्वतस्थित जिल्ला विपद् व्यवस्थापन समितिले कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका पाँचओटा बस्ती स्थानान्तरणका लागि माग गर्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिश गरेको छ । स्थानान्तरण गर्नुपर्ने बस्तीमा कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी बस्ती, कोटघर कोट गाउँ र नुवारखोला रहेका छन् भने जलजला गाउँपालिका–४ को गौरेटे बस्ती र फर्सेलाई स्थानान्तरणका लागि सहयोग गर्न अनुरोध गर्दै सिफारिश गरिएको छ । त्यस्तै कुश्मा नगरपालिका–१२ ठुलीपोखरीको राम्चेमुनी बस्तीलाई स्थानान्तरण गर्न यसअघि नै सिफारिश गरिसकिएकाले त्यसका लागि प्राविधिक सहयोग गर्न सम्बन्धित निकायमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । विपद् पूर्वतयारीस्वरूप बस्ती स्थानान्तरणको पहल भएको उनको भनाइ छ । गएको वर्षको बाढीपहिरोका कारण पर्वतका ६ सय १ घर स्थानान्तरण तथा पुनर्निर्माणको सूचीमा परेका छन् । तीमध्ये ८५ ओटा घर अति जोखिममा रहेकाले तत्कालै व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम प्राधिकरणले बजेट निकासा गरेको थियो । तर, गण्डकी प्रदेश सरकार र स्थानीय तहको समन्वय अभावले बजेट निकासा नहुँदा प्रभावित परिवारको पुनःस्थापना बीचमै रोकिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न गतवर्ष नै सिफारिश गरेर पठाइएकोमा आशिंक माग मात्रै सम्बोधन भएको बताए । जोखिममा रहेका बस्ती तत्कालै स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।   मनसुनका करिब एक सय दिन (असार–असोजसम्म) वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ । पर्वतमा विशेषगरी नदी किनारका तटीय क्षेत्रमा बढी जोखिम हुने गरेको छ भने भिरालो स्थानमा रहेका गाउँबस्तीका बासिन्दा वर्षायाम शुरू भएदेखि नै पहिरोको त्रासमा रहन्छन् । प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रवार सम्पन्न बैठकले विपद् प्रतिकार्य योजना पारित गरेको छ । बैठकले जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी, उद्योगी व्यवसायी र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा छलफल गरी प्रतिकार्य योजना पारित गरेको हो । मौसमविद्का अनुसार यस वर्ष धेरै वर्षा हुने र बाढी पहिरो, चट्याङ, हावाहुरी लगायत विपद्का घटनाबाट धेरै धनजनको क्षति हुने पूर्वानुमान गरिएको छ । सोही अवस्थालाई लक्षित गर्दै मनसुनपूर्व नै प्रतिकार्य योजना बनाएर अघि बढ्ने तयारी गरिएको प्रजिअ खत्रीले बताइन् ।

सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण सिफारिश

२२ पुस, काठमाडौं । विपद् सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको छ । गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण […]

दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले गर्‍यो सिफारिश

विपद् सङ्कटग्रस्त क्षेत्र जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको छ ।  गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगलका  चार जोखिम बस्तीको स्थलगत अध्ययन गरेको थियो । टोलीमा  प्राधिकरणका तर्फबाट सहभागी...

सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण  सिफारिश

विपद् सङ्कटग्रस्त क्षेत्र जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको छ । गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगलका  चार जोखिम बस्तीको स्थलगत अध्ययन गरेको थियो । टोलीमा &nb

सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण  सिफारिश

विपद् सङ्कटग्रस्त क्षेत्र जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको छ । गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो ।राष्ट्रिय पुनःनिर्...

बस्ती स्थानान्तरण गर्न परिपत्र

पहिरोको जोखिम अध्ययनपछि यहाँका चार गाउँपालिकाका पाँचवटा बस्ती स्थानान्तरण गर्नुपर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र केन्द्रीय आयोजना कार्यान्वयन इकाईले स्थानीय प्रशासनलाई यस्तो परिपत्र गरेको हो ।