ब्याज वृद्धिले बढेन निक्षेप

काठमाडौं । तरलता अभावको कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर वृद्धि गरे पनि निक्षेप भने बढ्न सकेको छैन । फागुन महीनादेखि बैंकहरूले निक्षेपको ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत पुर्‍याए पनि फागुनको पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप भने १ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ । माघ मसान्तसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा फागुन ६ गतेसम्ममा ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । वाणिज्य बैंकहरूले फागुनदेखि निक्षेपको ब्याजदर मुद्दती निक्षेपको अधिकतम ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत पुर्‍याएका छन् । ब्याजदर वृद्धिले मात्र निक्षेप नबढ्ने भन्दै केही बैंकरहरूले विरोध गरे पनि संघले राष्ट्र बैंकले जारी गरेको ब्याजदरसम्बन्धी निर्देशनअनुसार ब्याजदर बढाउने निर्णय गरेको थियो । निक्षेपको वृद्धिदर कमजोर भएपछि बैंकहरूको कर्जा विस्तार पनि खुम्चिन थालेको छ । फागुनमा बैंकहरूको कर्जा ४ अर्ब रुपैयाँले मात्र वृद्धि भएको संघले बताएको छ । वाणिज्य बैंकहरूले सातामा औसत १० अर्ब रुपैयाँ कर्जा विस्तार गर्दै आएका बैंकहरू पुस लागेसँगै कर्जा प्रवाह घटाउन थालेका छन् । बैंकहरूले चालू आवको माघमसान्तसम्ममा वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब १० अर्ब रुपैयाँ विस्तार हुँदा कर्जा प्रवाह भने ४ खर्ब ३४ अर्ब रुपैयाँले वृद्धि भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह अत्यधिक भएको र अधिकांश कर्जा आयातलगायत अनुत्पादक क्षेत्रमा जाँदा तरलता अभाव हुँदै आएको छ ।

सम्बन्धित सामग्री

ब्याज महँगो भएकै हो ?

नेपालमा एकल अंकको ब्याजमा ऋण चाहियो भन्ने आवाज उठ्ने गरेको छ । यस लेखमा यो माग कति जायज र सम्भव हो भन्ने विषयमा विश्लेषण गर्ने प्रयास गरिएको छ । ब्याज महँगो नभई स्वाभाविक भएको पंक्तिकारको निष्कर्ष छ । ९ प्रतिशत ब्याजमा ऋण दिन बैंकले कति प्रतिशत ब्याजमा निक्षेप उठाउनुपर्ला ? बैंकले १ सय रुपैयाँ निक्षेप […]

ब्याज बढ्दैमा निक्षेप बढ्दैन : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताएका छन् । बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले वाणिज्य बैंकहरुले ब्याज बढ्दैमा निक्षेप नबढ्ने बताए ।  वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यवसायिक गतिविधि बढाउन र उद्योगको क्षमता बिस्तार गर्न समेत नसकिएको बताए । उनले पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्

बीओकेले ल्यायो ११ प्रतिशत ब्याज दिने निक्षेप खाता

बैंक अफ काठमाण्डूले ११.०३ प्रतिशतको उच्चतम ब्याजदर भएको बीओके रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाताहरु सार्वजनिक गरेको छ ।वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेकाहरुलाई विभिन्न आकर्षक सुविधाको साथ उच्चतम ब्याजदरसहितको वित्तीय व्यवस्थापनको सुविधाहरु भएको यस निक्षेप खाताहरुले सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।आजको स–साना बचतले भविष्यको ठूला वित्तीय आवश्यकता सहज रुपमा व्यवस्थापन […]

ग्लोबल आइएमई बैङ्कको चक्रवर्ती मुद्दती निक्षेप योजना सार्वजनिक

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले ग्राहकहरूको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने ‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक गरेको छ। बैङ्कले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरूको चाहना बमोजिम सो भन्दा अझ बढी हुनेछ। यस योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज […]

सानिमाका सबै खाताहरुमा मासिक ब्याज दिने योजना, निःशुल्क क्रेडिट कार्ड पनि पाइने

नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक ब्याज प्रदान गर्ने भएको छ । बैंकले नेपाली तथा विदेशी मुद्रा, अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरूमा महिनै पिच्छे ब्याज दिन लागेको हो । यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरूमा लागू भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  साथै न्यूनतम अवधिमा ५ गुणासम्म...

सानिमाका सबै खाताहरुमा मासिक ब्याज दिने योजना

नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक ब्याज प्रदान गर्ने भएको छ । बैंकले नेपाली तथा विदेशी मुद्रा, अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरूमा महिनै पिच्छे ब्याज दिन लागेको हो । यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरूमा लागू भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता पनि बैंकले सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार मुद्दती निक

ब्याज बढाउने नीतिले काम गरेन

पछिल्लो महिनादेखि अत्यधिक ब्याज बढाउँदा पनि बैंक तथा वित्तीय संस्थामा नयाँ निक्षेप आउन सकेको छैन । बजारमा लगानीयोग्य तरलता अभाव झेलिरहेको बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग बढ्ने क्रम रोकिएको छैन । फागुनको सुरुवातदेखि नै ब्याज बढाएर कर्जाको माग घटाउन दबाब सिर्जना गरिएको भए तापनि कर्जाको माग घटेको छैन । एकातिर स्वीकृत भइसकेको कर्जा निकासा […]

बैंकहरुबीच मुद्दती निक्षेप तान्ने प्रतिस्पर्धा रोक्न नयाँ व्यवस्था

२८ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलबाट मुद्दती निक्षेप नवीकरण गर्दा ०.१ प्रतिशतमात्रै ब्याज बढाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैकले आइतबार एकीकृत निर्देशन संशोधन गर्दै आफैसँग रहेको निक्षेपलाई पूनःबोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत विन्दूसम्म थप गरी निक्षेप संकलन गर्न सकिने व्यवस्था गरेको हो । आफूसँग रहेको निक्षेप […]

एक बैंकले अर्को बैंकमा ब्याज आउने निक्षेप खाता खोल्न नपाउने

२५ असोज, काठमाडौं । अब कुनै एक बैंकले अर्को बैंकमा ब्इाज प्राप्त गर्ने गरी निक्षेप खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन संशोधन गर्दै स्वदेशी वा विदेशी मुद्रामा निक्षेप खाता खोल्दा ब्याज नदिने खातामात्रै खोल्न मिल्ने व्यवस्था गरेको हो । स्वदेशी मुद्रामा यस अघि नै यस्तो खाता खोल्न नपाउने व्यवस्था […]

अबदेखि निक्षेपको ब्याज परिवर्तन गर्दा ग्राहकलाई जानकारी गराउनुपर्ने

अबदेखि  बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज परिवर्तन गर्दा ग्राहकलाई जानकारी गराउनु पर्ने भएको छ। यसअघि ऋणको मात्र ब्याज परिवर्तन हुँदा जानकारी गराइने व्यवस्था थियो । चालु बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप र कर्जाको ब्याज दर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था गरिने बताएका छन् । अहिले बैंकहरुले मासिक रुपमा ब्याज पत्रपत्रिका तथा बैंककै  वेव