पर्वतको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटलाई पर्यटनको गन्तव्यको रुपमा विकास गरिने भएको छ ।गण्डकी प्रदेश सरकारले यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि काम अघि बढाएको हो । कुश्मा नगरपालिका–३ मा रहेको जिल्लाकै ऐतिहासिक स्थल दुर्लुङकोटमा मल्लकालीन राजाहरुको दरबार रहेको थियो । दरवार परिसरमा हतियार राख्ने र धार्मिक विधिअनुसार पूजाआजा गर्ने राजाहरुको परम्परालाई यहाँका स्थानीयले […]