चितवन – आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक ब्याजदरका कारण चितवनमा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग सङ्घ चितवनले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र बढ्दो ब्याजदरको विरोधमा आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा मागमा ठूलो मात्रामा गिरावट आउँदा उद्योग व्यवसाय धराशायी हुने अवस्थामा पुगेको बताइएको हो । बैंकको ब्याजदर बढ्दा व्यवसायीले ऋण तिर्न नसकी व्यवसाय बन्द गर्नुपरेको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो । जिल्लामा यसको प्रभाव प्रत्यक्षरूपमा पोल्ट्री व्यवसाय, खाद्यान्न...