चिसापानी पुलबाट तीन विद्यार्थीले एकैपटक हामफाले, एक जना बेपत्ता

धनगढी : कैलालीको कर्णाली चिसापानी पुलबाट  एक युवक बेपत्ता भएका छन्। जिल्लाको लम्किचुहा नगरपालिका–२ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्। उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन्। लम्किचुहा–१ का प्याकुरेललाई नेपालगञ्ज उपचारका लागि लगिएको छ। उनको छातीमा चोट लागेको छ। उनीहरुसँगै नदीमा हाम फालेका १७ वर्षीय वीरेन्द्र सिंहको अवस्था भने सामान्य छ।&

सम्बन्धित सामग्री

अमेरिकामा गोलीकाण्डमा परी एक नेपाली विद्यार्थी मृत्यु

काठमाडाैँ / अमेरिकाकाे मेरिल्याण्डमा एक बन्दूकधारीले अन्धाधुन्द गोली चलाउँदा एक नेपालीकाे समेत मृत्यु भएकाे छ । मेरिल्यान्ड राज्यको बाल्टिमोरमा शनिबार उक्त घटना भएकाे थियाे । साे गाेलीकाण्डमा परी एक जना नेपालीसहित चार जनाको मृत्यु भएकाे जनाइएकाे छ । बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार ज्यान गुमाउने ४ मध्ये ३ जनाकाे पहिचान खुलेकाे छ भने... The post अमेरिकामा गोलीकाण्डमा परी एक नेपाली विद्यार्थी मृत्यु appeared first on Purbeli News.

Purbeli News

अमेरिकामा पाँच महिनादेखि बेपत्ता नेपाली विद्यार्थी साहको शव फेला

काठमाडौं :  अमेरिकाको न्यू जर्सीमा अध्ययनरत नेपाली विद्यार्थी अजय साहको शव फेला परेको छ।  गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको लाश मोरिस काउन्टी अभियोजक कार्यालयले भेटेको हो।गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव साहले बताएका थिए।  साह विगत साढे २ वर्ष देखि ड्रू विश्व विद्यालयमा अध्ययनरत थिए। उनका दाजु पनि अमेरिकाकै टेक्सासमा बसोबास गर्दै आएका छन्।सिरहा भएका २२ वर्षीय  साहको गत सोमबार उनको लाशको पहिचान भएको र शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला प

थाहा खबर

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको शव फेला

न्यू जर्सीबाट हराई रहेका नेपाली विद्यार्थी अजय शाहको शव फेला परेको छ ।  गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले प्राप्त गरेको जनाइएको छ। उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।उनी गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले जानकारी गराएका थिए । शाह विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए । उनका दाजु अमेरिकाको टेक्ससबाट भाइको खोजी गर्न न्यू जर्सी आएका थिए ।नेपाल घर सिरहा भएका २२ वर्षीय शाहको शव

Ratopati

पाकिस्तानी दूतावासले ५ सय बढी नेपाली विद्यार्थीलाई सम्मान गर्यो

काठमाडौं : पाकिस्तानी राजदूतावासले ५ सय ५० नेपाली विद्यार्थीलाई सम्मान गरेको छ। सोमबार ह्ययात रिजेन्सी होटलमा आयोजित कार्यक्रममा 'पाकिस्तानी राजदूतावास  छात्रवृत्ति' कार्यक्रमअन्तर्गत सरकारी विद्यालयका विद्यार्थीलाई सम्मान गरेको हो।१० हजार रुपैयाँ नगदसहित दूतावासले सम्मान गरेको हो। विद्यार्थीको उज्यालो भविष्यको कामना गर्दै दूतावासले सम्मान गरको जनाएको छ। राष्ट्र बैंकका पूर्वगर्भनर हिमालय शमशेर राणाले छात्रवृत्ति प्रदान गरेका थिए।दूतावासले शिक्षाको क्षेत्रमा गरेको योगदानले दुवै

थाहा खबर

नेपाली विद्यार्थीले बनाए इलेक्ट्रिकल भेहिकल

३ चैत, काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विदार्थीहरुले इलेक्ट्रिकल भेहिकल (ईभी) बनाएका छन् । उनीहरुले मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि नभई आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि भेहिकल बनाएका हुन् । उनीहरुले तयार गरेको भेहिकलको चेसिस मात्र तयार गरिएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण ईभीको बाहिरी भाग […]

अनलाइनखबर

नेविसङ्घकाे प्रदर्शन : ‘भविष्यको कर्णधारले भविष्यमा नै हो त खोप पाउने ?’

काठमाण्डाै – कोभिड–१९ (काेराेना भाइरस) विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी सङ्घले बिहीवार काठमाण्डाैकाे माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।  विद्यालय र क्याम्पसहरू खुलेका कारण विद्यार्थीहरूलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी सङ्घले विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप दिनुपर्ने माग गरी प्रदर्शन गरेको हो । नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले सरकारले विद्यार्थीहरूलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप नदिए सडक आन्दोलन गर्...

अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थीको मृत्यु

लुइभेल, केन्टकी । अमेरिकाको टेक्सास राज्यको ह्युष्टन शहरमा वसोवास गर्दै आएका २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ । अध्ययनको शिलशिलामा पांच वर्ष अगाडि अमेरिका आएका प्रमोदको सोमवार राति सुतेकै अवस्थामा निधन भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । पोष्टमार्टम रिपोर्ट अझैसम्म प्राप्त भइ नसकेको कारण उनको निधन के कारणले भयो भन्ने […]

चेन्नई उत्तरमा नेपाली विद्यार्थी संघको संगठन विस्तार

चेन्नई उत्तर । अखिल भारत नेपाली विद्यार्थी संघ चेन्नई उत्तर नगर समितिको चौथो भेला सम्पन्न पारिएको छ । नर बहादुर विकको सञ्चालन र शिव केसीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा नविन पौडेलले स्वागत गर्नु भएको थियो । भेलाको उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले गर्नु भएको थियो । चेन्नई उत्तर नगर समितिका मोहराज सुवेदी, पश्चिम नगर सदस्य पदम पौडेलले भेला सफलताको शुभकामना दिनु भएको थियो । भेलाले नर बहादुर बिकको अध्यक्षतामा ९ पूर्ण ३ बैकल्पिक र ३ सल्लाहकार गरि १५ सदस्यीय उत्तर नगर समितिको चयन गरेको छ । समितिको सचिवमा नविन पौडेल, कोषाध्यक्ष विसन केसी र सदस्यहरूमा दिपा केसी, शिव केसी, नविता पौडेल, नितु सुवेदी, सर्मीला विक, देवेन्द्र थापा, सर्मीला विक, देवेन्द्र थापा बैकल्पिक सदस्यहरूमा हरि प्रसाद शर्मा, अमित विक र गितु सुवेदी रहनुभएको छ। त्यस्तै भेलाले गोविन्द पौडेल र होमनाथ पौडेल सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ । नयाँ समितिको घोषणा क्षेत्रीय समितिका कोषाध्यक्ष शेर बहादुर बिकले गर्नुभएको थियो । भेलाको अवसरमा अनलाइन हाजीर जवाफ कार्यक्रम पनि गरिएको थियो । हाजीर जवाफमा नमिता पौडेलले प्रथम पुरस्कार जित्न सफल हुनुभएको थियो । पुरस्कार बिजेता र नव निर्वाचित समितिलाई मूल प्रवाह केन्द्रीय सल्लाहकार कुलबहादुर थापा, उत्तर नगर समितिकी सदस्य मंगली विक, क्षेत्रीय कोषाध्यक्ष शेरबहादुर बिकले बधाई दिनुभएको थियो । दिपा केसीले धन्यवाद मन्तव्य दिनुभएको थियो ।

Yug Darshan

भारतस्थित नेपाली विद्यार्थीहरुलाई दिइयो राजनीतिक प्रशिक्षण

धनवीर पुन, नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विभागीय मोर्चा अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भारतका विभिन्न राज्यहरुबाट सहभागि विद्यार्थीहरुलाई अखिल (छैठौं)का पूर्व अध्यक्ष कृष्ण अधिकारी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनाल, अखिल (छैठौं)का अध्यक्ष विमल पोख्रेल र अखिल भारत नेपाली विद्यार्थी संघका अध्यक्ष प्रकाश भण्डारीले प्रशिक्षण दिनुभएको थियो । कृष्ण अधिकारी तात्कालिक राजनैतिक अवस्था, ठाकुर खनालले संगठनात्मक पद्धति र अनुशासन, विमल पोख्रेलले विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनबारे एवं प्रकाश भण्डारीले नेपालमा रोजगारका सम्भावना लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रमको अध्यक्षता विक्रम केसी र सञ्चालन कृष्टी राईले गर्नुभएको थियो । सो कार्यक्रममा सहभागिहरुलाई अजय आचार्यले स्वागत गर्नुभएको थियो ।

Yug Darshan

कोरियामा नेपाली विद्यार्थीले पनि इ-९ भिसा पाउने

काठमाडौं । दक्षिण कोरिया सरकारले त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ-९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ-९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इन्जिनियरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको त्यहाँको श्रम मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताउनुभयो । त्यहाँको रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानून मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानून कार्यान्वयनमा ल्याउने गरी काम शुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानून मन्त्रालयले सर्वेक्षण गर्नेछ र आवश्यक निर्णय लिनेछ । इपीएस प्रक्रियामार्फत रोजगारीका लागि कोरिया आउने प्रवासी श्रमिकले पहिलोपटक चार वर्ष १० महिनाको लागि भिसा प्राप्त गर्दछन् र सो अवधिको समाप्तिपछि श्रमिक अनिवार्य स्वदेश फर्किनुपर्ने प्रावधान छ । प्रवासी विद्यार्थीलाई प्रदान गर्ने भनिएको भिसामा भने विद्यार्थीका लागि पनि एउटै नियम हो या अन्य नियम हो भन्ने कुरा भने थाहा हुन सकेको छैन । यस विषयमा यहाँको कानून मन्त्रालय र रोजगार मन्त्रालयले संयुक्त रुपमा निर्णय गरी लागू गर्ने छन् । हाल इपिएसमार्फत इ–९ भिसामा आएका नेपाली औद्यौगिक र कृषि क्षेत्रमा श्रम गरिरहेका छन् । विद्यार्थीका लागि पनि दिने भनिएको भिसा सोही क्षेत्रमा हुनेछ । यदि यस अवधारणा कार्यान्वयन भएमा दक्षिण कोरियामा एक हजार ५०० को सङ्ख्यामा रहेका स्नातक प्राप्त नेपाली विद्यार्थीले इपिएस प्रक्रियामार्फत कोरियामा आएर श्रम गरिरहेका श्रमिकले झैँ रोजगारीको अवसर पाउने छन् । त्यहाँका केही विद्यार्थीले भने यो अवधारणा स्वागतयोग्य नभएको बताएका छन् । अध्ययन गरेर दक्ष भएका विद्यार्थीलाई उनीहरूको अध्ययनकै क्षेत्रमा अवसर दिनुपर्नेमा मजदूरको भिसा दिने अवधारणा उचित नभएको भनाइ उनीहरूको छ । (रासस)

Yug Darshan

सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर नेपाली विद्यार्थीको मृत्यु

सिड्नीको नजिकै रहेको वाटामोल्ला पार्कमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा एक जना २७ वर्षीय नेपाली विद्यार्थीको मृत्यु भएको छ।

सेतोपाटी