विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै विद्यालय

सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई जीवन उपयोगी सीप दिन थालिएको छ । सुनसरीको वराहक्षेत्र १० प्रकाशपुरमा रहेको श्री प्रकाश मावि प्रकाशपुरले विद्यार्थीहरूलाई दुना, टपरी बनाउने सीप दिन थालेको हो ।

सम्बन्धित सामग्री

बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय

दाङ । सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवनोपयोगी सीप दिन थालिएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले बत्ती कात्ने, ब्यूटीपार्लरअन्तर्गत थ्रेडिङ गर्ने, दुनाटपरी बनाउनेजस्ता सीप विद्यार्थीलाई दिन थालेको हो । जानेको सीप विद्यार्थीलाई प्रयोगात्मक रूपमै सिकाउन पाउँदा शिक्षक र शिक्षिका पनि खुसी देखिन्थे । कक्षा १० मा अध्ययनरत छात्रा काजल पुनमगर कपासबाट बत्ती […]

सेनामा अब विशेष क्षमताका विद्यार्थीलाई पनि शिक्षा

नेपाली सेनामा अब विशेष क्षमताका विद्यार्थीहरुले पनि शिक्षा र जीवनोपयोगी सीप आर्जन गर्न पाउने भएका छन् । त्यसैको तयारी स्वरुप नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततिहरूलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले ‘वरदान सैनिक विशेष दिवा विद्यालय’ निर्माण गरिएको सेनाले जनाएको छ ।

विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै जनचेतना आधारभूत विद्यालय

पढाइका कक्षा सुरु हुनुअगावै लालझाडी गाउँपालिका-४ जाइजालामा रहेको जनचेतना आधारभूत विद्यालयमा ‘म्युजिकल स्र्टुमेन्ट’ बज्न थाल्छ । विद्यार्थी आफ्ना पुस्तकले भरिएका झोला कक्षाकोठामा रहेका डेस्कमा राख्दै विद्यालयको प्राङ्गणमा जम्मा हुन थाल्छन् ।

जीवनोपयोगी शिक्षा

शिक्षा भनेको अरूलाई ज्ञान सिकाउने कार्य वा अरूबाट ज्ञान लिने दुवै कार्य हो। शिक्षा भनेको शिक्षण संस्थाबाट प्राप्त हुने ज्ञान हो भनिन्छ। वास्तविक जीवनका उदाहरण हेर्दा प्राथमिक विद्यालय, उच्च र कलेजहरू शिक्षामा केन्द्रित संस्था हुन्। मानिसलाई यी स्थानमा महìवपूर्ण जानकारीहरू र जीवनका लागि आवश्यक सीप सिकाइन्छ। मेडिकल कलेज, कानुन स्कुलले थप विशेष प्रकारका शिक्षाहरू प्रदान गर्छन्।