जनकपुरधाम : गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता गरिएको छ।सबैला नगरपालिकामा एक १७ वर्षीया बालिकामाथि सामूहिक बलात्कार प्रयास भएको थियो। उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताले गाउँमै मिलाउन दबाब दिएका थिए। सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुर बस्ने तीन जना युवाले बालिकालाई बलात्कार प्रयास गर्दै भिडियोसमेत खिचेका पीडित बालिकाले जनाएकी छन्।पीडित बालिकाका परिवारजनले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवावि