सुपर मार्केटमा आगो लाग्दा ८० लाख बराबरको क्षति

चितवन। पूर्वी चितवनको रत्ननगर–१ सौराहाचोकस्थित साहारा सुपर मार्केटमा आइतवार राति आगलागी भएको छ । आगलागीबाट सुपर मार्केटमा रहेका तीनओटा पसलमा क्षति भएको बताइएको छ । आगलागीबाट ८० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सुपर मार्केटभित्र रहेको सुहाना फेसन कलेक्सन पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट पसलमा रहेका कपडा, एसी, फर्निचर तथा अन्य सामग्री जलेर नष्ट भएको हो । आगलागीबाट सुपर मार्केटमै रहेका कर्मा फेसन कलेक्सन र पिन्क सेक्रेटमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । विद्युत् चुहावट भएर राति ११ बजेबाट शुरू भएको आगलागी साढे १२ बजे दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित सामग्री

मदिरा पसलमा आगलागी

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलत्तीचौकमा आज साँझ आगलागी भएको छ । ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताए । पसलमा आगो लाग्दा करिब ८० लाख बराबरको क्षति भएको साहले बताए। साहका अनुसार चारवटा रेफ्रिजेरेटर फ्रिज, दुई थान मोबाइल, दुई थान ल्यापटप, एउटा टेलिभिजन, ग्यास चुलो, कुलर, […]

मदिरा पसलमा आगलागी हुँदा लाखौंको क्षति

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलत्तीचौकमा आज साँझ आगलागी भएको छ । ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताए । पसलमा आगो लाग्दा करिब रु ८० लाख बराबरको क्षति भएको साहले बताए । साहका अनुसार चारवटा रेफ्रिजेरेटर फ्रिज, दुई थान मोबाइल, दुई थान ल्यापटप, एउटा टेलिभिजन, […]