म्याग्दीमा बाढीले एक घर बगायो, ४५ घर जोखिममा

बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका साथै जोखिम बनाएको हो । वडा नं ३ भकिम्लीका वडा सदस्य गेमप्रसाद घर्तीले बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको जानकारी दिए । “नारायण पुन र तिलाराम थापाका घर उच्च जोखिममा छन्”, उनले भने, “दूधेखोलाको दाँयाबायाँ किनारमा रहेका ४५ घरधुरी भ

सम्बन्धित सामग्री

वर्षाका कारण मोरङका विभिन्न स्थान जलमग्न,बाढीले बस्ती जोखिममा

अविरल वर्षापछि आएको बाढीले खोला छेउछाउका बस्तीहरू जोखिममा परेका छन् । मोरङको विभिन्न खोलामा आएको बाढीले दर्जनौँ बस्तीहरू जोखिममा परेका छन्।...

वर्षाका कारण मोरङका विभिन्न स्थान जलमग्न,बाढीले बस्ती जोखिममा

अविरल वर्षापछि आएको बाढीले खोला छेउछाउका बस्तीहरू जोखिममा परेका छन् । मोरङको विभिन्न खोलामा आएको बाढीले दर्जनौँ बस्तीहरू जोखिममा परेका छन्।...

बाढीले बडीमालिका ९ सेलाघाटको बस्ती जोखिममा

बाढीका कारण ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन्। बाढीले स्थानीय चन्दे थापा,अंग थापा र दिपक बिष्टको घरका क्षति पुगेको छ। अन्य २० बढी परिवार जोखिममा परेको स्थानीय मिनबहादुर थापाले बताए।...

सप्तरीमा जिता नदीको बाढीले २५ घर उच्च जोखिममा

सप्तरी – अविरल वर्षासँगै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको जिता नदीमा आएको बाढीले दुई ठाउँमा बाँध कटान गरेपछि २५ घर बाढीको उच्च जोखिममा परेका छन्। तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ को बर्साइनको बर्साइन टोलस्थित खोलाले करिब ५ मिटर बाँध कटान गरेपछि सो क्षेत्रका बासिन्दा जोखिममा परेका हुन्। यसैगरी वडा नम्बर ७ मा गत वर्षाले भत्काएकै […]

बेमौसमी वर्षासँंगै आएको बाढीले बझाङका पक्की पुल जोखिममा

सेती नदी तथा अन्य खोलामा आएको बाढीले बझाङ जिल्ला सदरमुकाम चैनपुर जोडने जयपृथ्वी राजमार्गका पक्की पुल जोखिममा परेका छन् ।कतिपय ठाँउमा बाढीले कटान गरेर जोखिममा पारेको छ भने कतिपय ठाँउमा पुलनै पुरिने अवस्था आएको छ । मुख्य राजमार्ग जोडने सेती नदीमाथि बनेका र अन्य खोलामा निर्माण भइसकेका र निमार्णाधीन पुलहरू जोखिममा छन् । जयपृथ्वी राजमार्ग […]

बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

सिन्धुपाल्चोक।मेलम्चीमा आएको बाढीले ६० घर टहरा बगाएको छ।हेलम्बुका किउल,चनौटे,ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको प्रहरीले जनाएको छ।गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो।ती घर खाली थिए।चनौटे,ग्याल्थुम र ढुङ्गे्र बजार जोखिममा छन्।बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने बाहुनेपाटी पुल जोखिममा परेको छ।

मर्स्याङ्दीको बाढीले चामेको लोकप्रिय मावि र  बेलिब्रिज उच्च जोखिममा

मनाङको सदरमुकाम चामेस्थित  मर्स्याङ्दी नदीमा आएको बाढीले चामेको लोकप्रीय मावि र बेलिब्रिज जोखिममा परेको छ । चामेमा गत शनिबारदेखि मनाङ जाने बेलिब्रिजमाथिबाट बाढी बगिरहेको थियो ।  चामे बजारबाट बग्ने घट्टेखोलाले...

भोटेकोसीमा आएको बाढीले भोटेकोसी जलविद्युत् आयोजना जोखिममा

भोटेकोसी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना जोखिममा परेको छ ।चीनको स्वशासित क्षेत्रमा अविरल वर्षापछि भोटेकोसीमा बाढी आएको थियो । बाढीले आयोजना स्थलको बाँध र केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भइसकेको बाँध गत वर्षको बाढीले बगाएपछि पुनः बाँध बनाइएको थियो ।पुनर्निर्माण भइरहेको बाँधलाई बाढीले बगाउने खतरा रहेको आयोजनाले जनाएको छ । भोटेकोसी बाढीले सो क्षेत्रका दर्जनभन्दा बढी जलविद्युत् आयोजना जोखिममा पारेको छ ।

मुस्ताङमा बाढीले बस्ती जोखिममा

मुस्ताङ। निरन्तर परेको वर्षाका कारण मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा आएको लेदोसहितको बाढीले बस्ती जोखिममा परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले यो बस्तीलाई पूर्ण जोखिममुक्त गराउन नसकेको बताए। उनले क्षति हुनेलाई सहयोगका लागि जिल्ला प्रशासनले छलफल गरेको उनले बताए। अहिलेसम्म जिल्लामा बाढीका कारण मानवीय क्षति भने हुन पाएकाे छैन।

बाढीले मुस्ताङको लुप्रा बस्ती जोखिममा

पर्वत : निलगिरी हिमालबाट सुरु हुने लुप्रा खोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा गाउँ जोखिममा परेको छ।हिमालको ठाडो खोलामा हिमताल फुटेर खोलामा बाढी आउने गरेको स्थानीय नीरज थकालीले बताए। बाढीले लुप्रा गाउँको १५ घर उच्च जोखिममा परेको उनको भनाइ छ।‘सोमबारदेखि भइरहेको वर्षाका कारण खोलामा बहाव त बढ्नै भयो। तर लुप्रा खोलामा अहिलेसम्म यति ठुलो बहाव आएको थाहा थिएन। खोलाको बाढीले दुई ठाउँमा रहेको खेत बगाएको छ। लुप्रा गाउँका १५ घर उच्च जोखिममा परेका छन्,’ थकालीले