पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, तीन जना बेपत्ता

कालिकोट जिल्लाको तिलागुफा गाउँपालिका–१ नाग्म बजारमा गएको सुख्खा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता छन्। दुई जनाको उद्धार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ।