२६ मंसिर, काठमाडौं। मेटा कम्पनीले फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने तयारी गरेको छ । मेटाले आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा क्रस मेसेजिङको सुविधा बन्द गर्दैछ । योसँगै अब इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा तथा फेसबुकका प्रयोगकर्ताले इन्स्टाग्राममा डाइरेक्ट मेसेज गर्न सक्ने छैनन् । मेटाले यो सुविधा तीन वर्षअघिबाट उपलब्ध गराएको थियो । […]