राति ओच्छ्यानमा तपाईं कसरी सुत्नुहुन्छ भन्ने कुराले तपाईंको व्यक्तित्वको रहस्य खोलिदिन्छ । स्कटल्यान्डको एडिनबरामा रहेको स्लीप सेन्टरका निर्देशक क्रिस इडजीकोव्स्कीका अनुसार तपाईंले सुत्ने तरिकाले तपाईंको व्यक्तित्वका बारेमा बताउँछ ।
त्यस्तै, शारीरिक भाषाविज्ञ रोबर्ट फिप्सले पनि सुत्ने पोजिसनबाट व्यक्तित्व र जीवनप्रतिको दृष्टिकोण थाहा लाग्ने बताउँछन् । यसबाट तपाईंको दिन कति तनावपूर्ण थियो, तपाईं कति चिन्तित हुनुुहुन्थ्यो र जीवनमाथि तपाईंको कति नियन्त्रण छ भन्ने थाहा लाग्छ ।
तपाईं अडैल हुनुहुन्छ, हाकिम पाराको हुनुहुन्छ र कल्पनाशील सपन...