कामना सेवा विकास बैंकले आयोजना गरेको कामना सेवा फुटसल कप २०२१ को उपाधि सिद्धार्थ बैंकले हात पारेको छ ।शनिबार सम्पन्न प्रतियोगितामा माछापुच्छ«ेलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो । फाइनल खेल निर्धारित समयमा दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो । निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । […]