संघीय राजधानी काठमाडौंमा स्थानीय तहको निर्वाचनको चहलपहल बढ्न थालेको छ । दलका नेता कार्यकर्ता बैठकमा व्यस्त छन् । दलका स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रीय तहका संयन्त्र कसलाई कुन तहमा चुनाव लडाउने भन्ने गृहकार्यमा लागेका छन् ।चोक, चौतारा एवं चिया पसलमा निर्वाचनको बहसले प्राथमिकता पाएको छ । विभिन्न तहमा क्रियाशील राजनीतिक नेता, कार्यकर्ता टिकटका लागि दौडधुपमा लागेका छन् । काठमाडौंमा एक महानगर र १० नगरपालिका रहेका छन् । सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेस केन्द्रीय कार्य सम्प