आगलागीबाट एक करोड २० लाखको क्षति

उदयपुर। चौदण्डिगढी नगरपालिका–८ वीरेन्द्रबजारस्थित भरत राईको घरमा विद्युत सर्ट भई आइतबार बिहान लागेको आगो बस्तीमा फैलिँदा १ करोड २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। आगलागीबाट बस्तीका ५ वटा घर, एउटा ट्याक्टर र एउटा मोटरसाइकल जलेर उक्त क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

सम्बन्धित सामग्री

आगलागीबाट दुई करोडको क्षति

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भएको आगलागीबाट रु दुई करोड बढीको धनमाल जलेर नष्ट भएको छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित बिन्दावासिनी बस्ने मकवानपुर थाहा नगरपालिका–७ का सुरेन्द्र खत्रीको लक्ष्मी कपास उद्योगमा आज बिहान आगलागी भएको थियो । विद्युत् चुहिएर आगलागी हुँदा कपास बनाउने मेशिन तथा तयारी कपाससहितमा झण्डै रु २० लाखको क्षति भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटले जानकारी दिनुभयो ।