जग्गा कित्ताकाटमा रोक लगाउने हेटौँडा उपमहानगरपालिकाको निर्णय

हेटौँडा उपमहानगरपालिकाले जग्गाको कित्ताकाटमा रोक लगाउने भएको छ । सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले उपमहानगरपालिका क्षेत्रको जग्गाको कित्ता काटमा रोक लगाउने निर्णय गरेको हो । उपमहानगरपालिका क्षेत्रको खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले कित्ता काटमा रोक लगाउने निर्णय गरेको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।उपमहानगरपालिकाले जग्गाको वर्गीकरणपछि मात्र कित्ता काट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको उनले बताए । त्यस्तै उपमहानगरपाल

सम्बन्धित सामग्री

सार्वजनिक जग्गा खोजी गर्दै हेटौँडा उपमहानगरपालिका

हेटौँडा : हेटौंडा उपमहानगरपालिकाले नगरभित्र रहेका सार्वजनिक जग्गाको तथ्यांक संकलन गर्ने भएको छ। उपमहानगरसँग सार्वजनिक जग्गाको तथ्यांक नहुँदा विकासे कार्यक्रम गर्न अप्ठ्यारो भएकाले उपमहानगरको कार्यपालिका बैठकले तथ्यांक संकलन गर्ने निर्णय गरेको हो।  उपमहानगरपालिकाको नाममा भएका जग्गाको संरक्षण नभएको र भएका केही जग्गा पनि...