गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएकाले पदबाट राजीनामा दिनुपरेको बताएका छन् । आफ्नो राजीनामा वक्तव्यमा मुख्यमन्त्री गुरुङले दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको बताएको जनाएका छन् । साथै संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम राजीनामा दिएको बताएका छन् ।उनले राजीनामा वक्तव्यमा आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त ४९ बुँदामा उल्लेख गरेका छन् ।