अध्ययन प्रतिवेदनले सेयर बजारमा के असर पार्छ ?

१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लगानी गर्न उच्च जोखिम रहेका ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेपछि यसले मिश्रित प्रतिक्रिया पाएको छ । पछिल्लो समय इन्साइडर ट्रेडिङ र कर्नरिङको विषय उठान भएपछि बोर्डले सूचीकृत भएका कम्पनीबारे अध्ययन सुरु गरेको थियो । बोर्डका अनुसार जोखिमयुक्त ५१ कम्पनी छनोट गर्दा केही आधार लिएको छ […]

सम्बन्धित सामग्री

घाटामा रहेका समाज लघुवित्त र बोटलर्स नेपालको सेयर मूल्य दैनिक १० प्रतिशत वृद्धि

८ फागुन, काठमाडौं । सेयर बजार घट्दा पनि दुई कम्पनीको मूल्य केही महिनादेखि नै दैनिक १० प्रतिशतका दरले बढ्दै गइरहेको छ । बजार बढोस् वा घटोस् यी दुई कम्पनीको मूल्यमा केही महिनादेखि कुनै असर परेको छैन । ती हुन् समाज लघुवित्त र बोटलर्स नेपाल । समाज लघुवित्तको १ साउनदेखि बजारमा कारोबार सुरु भएको हो । […]

पछिल्लो नीतिपछि सेयर बजार

नेपाल राष्ट्र बैङ्कले सेयर कर्जा र घरजग्गा कर्जामा अपनाएको लचकताको सकारात्मक असर सेयर बजारमा देखिने अपेक्षा गरिएको थियो तर सो नीतिपश्चात् कारोबार भएको दिन गत आइतबार नै सेयर बजार परिसूचकाङ्कमा ठुलो गिरावट आयो । लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको सेयर धितो कर्जाको व्यवस्थालाई स

ओरालोतिर विश्वका सेयर बजार

पछिल्ला केही महिनायता विश्वका प्रायः सेयर बजार ओरालो लागेका छन् । कोभिडको असर कम भए पनि ब्याजदर र मूल्यवृद्धिले नयाँ रेकर्ड कायम गरिरहेकाले सेयर बजारमा उच्च गिरावट आएको विश्लेषण गरिएको छ । पछिल्ला महिनामा अमेरिका, युरोप र एसिया क्षेत्रका सेयर बजारमा उच्च गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

ब्याजदरको उतारचढावले सेयर बजार अस्थिर

बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा देखिएको उतारचढावले यो साता सेयर बजार अस्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंकहरुको ब्याजदर घटाए पनि सेयर बजारमा भने नकारात्मक नै असर देखियो ।दसैं बिदापछि खुलेको बजार यो साता ८३ अंकले घटेको छ । दसैंअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६३९ अंकमा बन्द भएको थियो । साताको […]

१०० अंकले घट्यो सेयर बजार

सेयर बजारमा वाणिज्य बैंकहरुबीच देखिएको चर्को ब्याजदर बढाउने प्रतिस्पर्धाको नकरात्मक असर देखिएको छ । वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि सेयर बजारमा १०० अंकभन्दा बढीको गिरावट आएको हो ।बजारमा तरलताको अभाव भइरहँदा वाणिज्य बैंकहरुले निक्षेपकर्ताको रकम तान्न निक्षेपको ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याइसकेका छन् । हिमालयन, एनआईसी र लक्ष्मी बैंकले निक्षेपको ब्याज ११ प्रतिशतभन्दा माथि पुर्याइसकेका छन् ।निक्षेप ब्याज बढेपछि स्वभाविक रुपमा कर्जाको ब्याज उकालो लाग्छ

कर्जा सीमाले सेयर बजार प्रभावित

काठमाडौं, साउन ३२ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले वित्तीय संस्थाबाट बढी १२ करोड रूपैयाँ कर्जा लिन पाइने व्यवस्था गरेपछिको पहिलो दिन सेयर बजार मापक परिसूचक नेप्से करिब २५ बिन्दुले घटेको छ। बढ्दो सेयर बजारमा लगाम लगाउन अनेक प्रयास गर्दै आइरहेको केन्द्रीय बैंकको पछिल्लो निर्णयले कस्तो असर पर्ला भनेर चासो […]

१९ औं शताब्दीको पूर्वाधार, प्रविधि र सोचले अहिलेकोे सेयर बजार चल्दैन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले पछिल्ला दिनहरूमा नेप्सेले हरेक दिन न्यून बिन्दु कायम गर्दै आएको छ । राजनीतिक स्थायित्व र स्थिर सरकार आएको खण्डमा सेयर बजार बढ्ने अपेक्षा गरेका लगानीकर्ता स्थिर सरकार गठन भएको एक महिना पूरा नहुँदै त्यसको नराम्रो असर सेयर बजारमा देखिएको छ ।

साताभरमा सामान्य बढ्यो सेयर बजार

अघिल्लो साताको अन्तिम दिन विहिवार केहि सुधारिँदो सेयर परिसूचकांक नेप्से १ अंकले उकालो लागेको छ । यसलाई वाणिज्य बैंक र उत्पादनमूलक साथ दिएको छ । बाँकी विकास बैंक, वित्त लघुवित्त समूहले लगायत सूचीकृत कुनै पनि समूह बढेका छैनन् । यसले आगामी दिनमा सेयर बजारमा बिक्रीकर्ताको नै चाप परी अझै ओरालो लाग्न सक्ने देखिन्छ । कुनै पनि परिसूचक उकालो नलाग्नुको अर्थ आगामी साता पनि सेयर बजार ओरालो लाग्नु नै हो । यसबाहेक कुल कारोवार रकमले समेत साथ दिएको छैन । त्यस बाहेक बैकिङ ब्याजदर, राजनीतिक परिवर्तन जस्ता कुराले पनि सेयर वजारमा असर पर्न सक्छ ।

साताभरमा सेयर बजार ५२ अंकले घट्यो

लगातार ओरालो लागेको सेयर बजार गएको साता ५२ अंकले ओरालो लागेको छ । समूहगत रूपमा हेर्दा बिमा समूह सबैभन्दा धेरै २८० अंकले ओरालो लागेको छ । व्यापारबाहेक कुनै पनि समूह उकालो लागेका छैनन् । आउँदो साता पनि सेयर बजार उकालो लाग्न सक्ने सम्भावना देखिँदैन, तर सरकार गठन भएको खण्डमा लगानीकर्ता उत्साही भई खरिदमा चाप पर्न सक्छ । आउँदो साता सेयर बजारमा तरलताको प्र्रत्यक्ष असर देखिन सक्ने सम्भावना छ । अहिले नै वाणिज्य बैंकहरुले ब्याजदर बढाउन लागिसकेकाले यसको पहिलो असर यही देखिन्छ । साथै राजनीतिक र अन्य कारणले पनि बजार ओरालो लाग्न सक्ने देखिन्छ ।

निर्वाचनपछिको सेयर बजार

निर्वाचनपछि नेप्सेमा के हुन्छ ? सेयर बजार कता जान्छ ? लोकतन्त्रवादी वा वामपन्थी सरकार आए सेयर बजारमा कस्तो असर पर्छ ? बजारका लागि कसको सरकार राम्रो ? कुन दलको सरकार अर्थतन्त्रका लागि राम्रो ? जस्ता प्रश्नहरूले लगानीकर्ताहरूसँगै कारोबारीहरूलाई निकै पछ्याएको छ । कतिपय लगानीकर्ताहरूलाई निर्वाचनपछि स्थायी सरकार आउने र त्यसले अर्थतन्त्र थप गतिशील हुने हुँदा सेयर बजारमा सकारात्मक असर पर्ने मनोभावनाले गर्दा थप सकारात्मक देखिएका छन् भने केहीको विचारमा अबको सरकार वामपन्थी बन्ने र त्यसले खुला अर्थतन्त्रविरुद्धका आर्थिक नीति लिने सम्भावनाका कारण अर्थतन्त्रसँगै सेयर बजारले समेत नकारात्मक दिशा लिने मनोभावले गर्दा बजारप्रति नकारात्मक सोच राखेका छन् ।