एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौँ-नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदैछ। एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार र शनिबार गरी दुई दिन प्रशिक्षण दिन लागेको हो। वैशाख २८ गतेदेखि ३० गतेसम्म चलेको केन्द्रीय पार्टीको कमिटीको बैठकले जनप्रतिनिधिहरूलाई स्थानीय तहको नीति, कार्यक्रम, बजेट निर्माणका विषयमा प्रशिक्षण दिने निर्णय गरेको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले प्रशिक्षण दिने बताइएको छ। […]