सरकार गठनको तयारी, मुख्यमन्त्री नियुक्ति आज, शपथ भोलि

प्रदेश २ मा संघीय फोरम संसदीय दलका नेता लालबाबु राउत बुधबार मुख्यमन्त्री नियुक्त हुँदै छन्। मुख्यमन्त्री नियुक्तिसँगै

सम्बन्धित सामग्री

कर्णालीमा विश्वासको मतपछि मात्रै सरकार विस्तार गर्ने मुख्यमन्त्रीको तयारी

५ माघ, सुर्खेत । २७ पुसमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दुई जना विनाविभागीय मन्त्रीसहित नियुक्ति भएको भोलिपल्ट शपथ लिए । शर्माले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही र नेकपा एमालेका विनोदकुमार शाहलाई विनाविभागीय मन्त्री बनाए । त्यसयता नत मन्त्रिपरिषद् विस्तार हुन सक्यो, नत विनाविभागीय मन्त्रीहरुले मन्त्रालय पाए । सत्ता साझेदार दल एमाले र […]

मन्त्रालयको जिम्मेवारी नपाउँदा मन्त्रीको होटेलमै बास !

विराटनगर । प्रदेश १ सरकार गठन भएको एक हप्ता नाघिसकेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत पुस २५ गते शपथग्रहण गरेसँगै यो बिचमा ६ जना मन्त्रीको नियुक्ति र शपथ भइसकेको छ । हालसम्म नियुक्त भएका मन्त्रीहरूमा

६७ दिनमा ढल्यो आचार्यको सरकार

विराटनगर । मुख्यमन्त्री पदकै लागि माधव नेपाल पक्षलाई छाडेर केपी ओली खेमामा गएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार ६७ दिनमा ढलेको छ । एमाले विभाजन हुँदा १० जना एमाले छाडेर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि आचार्य शपथ ग्रहण गर्दा नै अल्पमतमा थिए । एमाले विभाजन भएपछि भदौ १० गते आचार्यले शपथ ग्रहण गरेका थिए । तर दल विभाजन भएको ३० दिनभित्र आफूसँग बहुमत छ भन्ने देखाउन विश्वासको मत लिनुपर्नेमा उनले त्यसो नगरी संवैधानिक प्रावधान छल्दै आफू अनुकूल व्याख्या गरेर ६७ दिनसम्म सरकार टिकाएका थिए । उनले सोमवार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा बुझाएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै बहुमत नरहेकाले आफूले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । प्रदेश प्रमुखसमक्ष राजीनामा दिएपछि विपक्षीहरूको गठबन्धनबाट एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । एमाले विभाजित भएपछि भदौ १० गते उनी मुख्यमन्त्री बनेका थिए । पार्टी विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर सवैधानिक व्यवस्थालाई समेत छल्दै आचार्यले ६७ दिनसम्म विभिन्न असंवैधानिक नियुक्ति गर्दै आफ्नो पद जोगाएका थिए । प्रदेश नं १ को प्रदेशसभामा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत आवश्यक पर्थ्यो । तर आचार्यसँग ३९ मत मात्र थियो । एमालेका ४१ सांसद रहे पनि सभामुखले निर्णायक मत मात्र दिन पाउने र एक सांसद फरार रहेकाले एमालेको ३९ मत मात्र थियो । विपक्षी गठनबन्धनमा भने स्पष्ट ५० मत छ, जसमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाका १ सांसद भने अहिले तटस्थ देखिएका छन् ।