काठमाडौँ- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्मा मार्गचित्र प्रस्तुत गर्ने भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विक्रमासिङ्घेले वर्तमान आर्थिक अवस्थाबारे सांसद्हरूबाट प्रस्ताव र सुझाव लिएर रोडम्याप बनाइने बताएका हुन् । यसअघि बिहीबार राति अर्थ मन्त्रालयका सचिव महिन्दा सिरिवर्द्धनाले वर्तमान आर्थिक सङ्कटबाट बच्न सरकारको अल्पकालीन र मध्यकालीन […]