विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आएका छन् । उनले बाबु बाजेले गरेकै पुर्ख्यौली काम सम्हालेको ३० वर्षभन्दा बढी भएको छ ।तर आधुनिकताको प्रभाव बढेसँगै जाँतोवालाले सम्हालेको पेशामा ग्रहण लाग्दै गएको छ । कुनै बेला भान्साको शान भनेर चिनिने लोहोरो सिलौटो र जाँतोमा मसला र खाद्य सामग्री पिस्ने चलन विस्तारै छुट्दै गएको छ । परम्परागत लोहोरो सिलौटो र जाँतोको स्थान अब मिक्स्चर ग्राइन्डरले ओगटेको छ । श्रमको प्रयोग नगरी विद्युतबाट सजिलै