हाम्रो परम्परागत खान्की हो दाल, भात, तरकारी र अचार । अधिकांश नेपालीको भान्सामा पाक्ने यो परिकार आफैंमा परिपूर्ण छ । अर्थात् शरीरलाई जरुरी सम्पूर्ण पोषक तत्व हाम्रो यही थालीमा पुग्दो छ । त्यसैले घरको खाना टन्न खाएपछि हामीलाई मनग्य पुग्छ । कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन जस्ता सबै पोषक तत्व हाम्रो परम्परागत खानामा उपलब्ध छ । […]