काठमाडौं : आज मार्ग कृष्ण पक्षको चतुर्दशी। पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ।आज बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ। शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरिएको थियो।यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ। श्रद्धालुहरु त्रयोदशीको दिन राती पितृका नाममा दीप बाली जाग्राम बसेका थिए। अघिल्लो दिन
काठमाडौं : आज बाला चतुर्दशी। दिवंगत पितृको नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा सतबीज छर्ने दिन पनि। यसका लागि सोमवार साँझबाटै मानिसहरु पशुपति मन्दिर क्षेत्र आइपुग्छन्।
त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ। बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरी शतबीज…