आज विश्व पानी दिवस : हेर्नुस् पानीको महत्त्व, आवश्यकता र परिस्थिति दर्शाउने केही तस्वीर

काठमाडौं । आज विश्व पानी दिवस मनाइँदै छ । लामो समय काकाकुल बनेका काठमाडौंवासीलाई मेलम्ची खानेपानी आयोजनाबाट पानी आउन थालेपछि राहत महसुस भएको थियो । तर, आयोजनाका पाइपलाइन फुटेर घरघरमा पुग्नुपर्ने पानी सडकपेटीमा बगेपछि यात्रुलाई सास्ती हुँदै आएको छ । हेर्नुस् पानी दिवसकै अवसरमा अभियानको क्यामेरामा कैद भएका पानीको महत्त्व, आवश्यकता र परिस्थिति दर्शाउने केही तस्वीर ।

सम्बन्धित सामग्री

‘शान्ति र समृद्धिका लागि पानी’ भन्ने नाराका साथ आज विश्व पानी दिवस मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ।संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो।विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसक

नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश, तर खानेपानीको समस्या भोग्दै नागरिक

काठमाण्डौ – पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा जोड दिँदै आज विश्व पानी दिवस मनाइँदैछ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाले विविध कार्यक्रम गर्दै छन् । संयुक्त राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिखमा विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।  पञ्चतत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै ठाउँमा जीवन सम्भव भएकाले पानी नै जीवन ह...