पर्वत : नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा गत साउन २२ मा बसेको प्राधिकरण सञ्चालक समितिको ४०४ औँ बैठकबाट यो निर्णय भएको हो।करिब २२ अर्ब रुपैयाँ लागतमा चिनिया कम्पनीले निर्माण थालेको विमानस्थलको झण्डै ९८ प्रतिशत काम पूरा भइसकेको र निर्माणको बाँकी काम पनि छिट्टै सक्ने र असोजभित्रमा ‘क्यालिब्रेसन’ उडान गर्ने नागरिक उड्डयन