चालु आर्थिक वर्षकोे शुरुका र बीचको समयमा केही सुस्तता आएको कारणले पनि राजश्व संकलनमा केही दबाब सृजना भएको थियो ।
हामीले शुरुदेखि नै राजश्वको लक्ष्य प्राप्तीको लागि विभिन्न कामहरु गर्यौँ, विभिन्न अभियान चलायौँ, चुहावट नियन्त्रणका उपाय खोज्यौँ तर लक्ष्यमा पुग्न भने समस्या भयो । आर्थिक वर्षको अन्तिमतिर भने सुधारका संकेतहरु देखिए, जसका कारण हामीलाई लक्ष्य नजिकै पुग्न सहयोग पुग्यो । आन्तरिक राजश्व विभागले खासगरी आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क राजश्व संकलन र व्यवस्थापन गर्ने गर्छ, यसमा हामी लक्ष्यमा नपुगेपनि साह्रै न...