लेस्टर सिटीका मिडफिल्डर जेम्स म्याडिसनलाई २६ सदस्यीय टिममा सहभागी गराउँदै इंग्ल्यान्डले राष्ट्रिय टिमको घोषणा गरेको छ। बिहीबार घोषणा गरिएको टिममा म्यानचेस्टर युनाईटेडका यूवा फर्वाड मार्कुस रासफोर्डलाई पनि राखिएको छ। प्रशिक्षक ग्यारेथ साउथगेटले न्युक्यासलका स्ट्राइकर कलुम विल्सन र म्यानचेस्टर सिटीका फुल ब्याक क्याली वाल्करलाई पनि टिममा सहभागी गराएका छन्। यद्यपि वाल्कर पूर्ण रुपमा फिट भने छैनन्। […]