नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गर्ने २ मदिरा उद्योगी ३१ करोडको सम्पत्ति जमानी राखेर छुटे

नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको आरोपमा पक्राउ परेका २ मदिरा उद्योगी रिहा भएका छन् । उनीहरु सर्वोच्च अदालतमा ३१ करोड ६३ लाखको जेथा जमानी राखेर रिहा भएका हुन् ।उदयपुर डिस्टीलरीका संचालक ओमप्रकाश प्रसाद कलवार र जयश्री धौलागिरी डिस्टीलरीका संचालकका भाइ शम्भु शरणप्रसाद कलवार  जेथा जमानी राखेर साधारण तारेखमा रिहा भएका हुन् । पर्साको वीरगञ्ज कारागारका अनुसार शुक्रबार उनीहरुको जेथा जमानी स्वीकृत भएको हो । अबउ त्तः मुद्दा साधारण तारेखमा राखेर हेरिने छ ।आन्तरिक राजस्व कार्यालयले ३१ करोड ६३ लाख बराबरको सम्पत्ति जमानी राखेर साधारण तारेखमा रिहा गर्न भनेको थियो । कार्यालयले २०७६ भदौ २६ गते नै ३१ करोड ६३ लाखको विगो जरिवाना र एक वर्ष कैद हुने बताएको थियो । अहिले उनीहरुलाई काठमाडौँ ल्याईएको छ । आज कागजी प्रक्रिया पूरा गरेर उनीहरु दुबै जना रिहा हुने बताईएको छ । उदयपुर डिष्टीलरीले ३६ लाख ६९ हजार ७४२ थान नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको पाईएको थियो । यसका संचालक ओमप्रकाश प्रसाद कलवारलाई २६ करोड १६ लाख जरिवानासहित वर्ष कैद र  ४५ हजार ६१५ थान नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको धौलागिरी डिष्टीलरीका सञ्चालकका भाई शम्भुलाई ५ करोड ४७ लाख जरिवाना र १ वर्ष कैद सजाय सुनाईएको थियो ।विगो जरीवाना रकम बुझाउन नसकेपछि उनीहरु जेल चलान भएका थिए । जेल गएको ३५ दिनभित्रै उनीहरुले राजस्व न्यायधिकरणको कार्यालयमा रिट हालेका थिए । तर, त्यहाँबाट पनि आन्तरिक राजस्व कार्यालयकै दाबी सदर भएपछि उनीहरुले जेथा जमानी बुझाएर साधारण तारेखमा रिहाईको माग सहित सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । यी दुई उद्योगले आर्थिक वर्ष २०७१÷०७२ देखि २०७४÷०७५ सम्म नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको खुलेको थियो ।

सम्बन्धित सामग्री

करछली गर्ने डेढ दर्जन पसल कारबाहीमा

१५ माघ, काठमाडौं । आन्तरिक राजस्व विभागले करछली गर्ने डेढ दर्जन पसल र सञ्चालकविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । १५ माघसम्म १८ लाख रुपैयाँ बिगो बराबरको अवैध मदिरा, चोरी पैठारीको मदिरा, नक्कली अन्तःशुल्क टिकट प्रयोग …

राजस्व चुहावटको आरोपमा १२ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ।

नक्कली स्टिकरमार्फत राजस्व छल्दै क्रिस्टल बोटलर्स र माउन्ट एभरेस्ट डिस्टिलरी

काठमाडौं । नक्कली स्टिकरको कारोबार गर्ने दुई डिस्टिलरीविरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले मंगलबार क्रिस्टल बोटलर्स प्रालि र माउन्ट एभरेस्ट डिस्टिलरी प्रालिविरुद्ध मुद्दा दायर गरेको हो । राजस्व छलीमा संलग्न यी मदिरा कम्पनीले भारतबाट नक्कली अन्तःशुल्क स्टिकर ल्याएर प्रयोग गर्ने गरेको अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ । नक्कली अन्तःशुल्क स्टिकर प्रयोग […] The post नक्कली स्टिकरमार्फत राजस्व छल्दै क्रिस्टल बोटलर्स र माउन्ट एभरेस्ट डिस्टिलरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पाँच करोड बढीको राजस्व चुहावट गर्ने १२ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी रु पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

पाँच करोड बढीको राजस्व चुहावट गर्ने १२ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी रु पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

राजश्व छलीको अभियोगमा ५ करोड ५६ लाख बिगो माग्दै १२ जनाविरूद्ध मुद्दा

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजश्व छली गरेको अभियोगमा २ व्यापारिक फर्मका सञ्चालकसहित १२ जनाविरूद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले रूपन्देहीको कृष्टल बोटलर्स प्रा.लि.का सञ्चालक फुलसिंह क्षेत्री, माउन्ड एभरेष्ट डिस्टीलरी प्रालिका सञ्चालक मृगेन्द्रगोविन्द श्रेष्ठ र सिद्धार्थनगर–३ का मोहम्मद साहिद अन्सारीसहित १२ जनाविरूद्ध मुद्दा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।नक्कली अन्तःशुल्क स्टिकर टाँसेर ५ करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ राजश्व छली गरेको पाइएकाले उनीहरूलाई मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ। उनीहरूलाई बिगो बराबरको रकम, जरिवाना र कैद सजायको माग दाबी गरिएको छ ।

१ करोड ५ लाख धरौटी बुझाउन नसक्दा उद्योगी दाहाल थुनामा

कपिलस्तु – धरौटी रकम बुझाउन नसकेपछि डिस्टिलरी सञ्चालक देवराज दाहाललाई आन्तरिक राजश्व कार्यालयले पक्राउ गरी थु्नामा राखेको छ ।  पक्राउ परेका दाहालमाथि आन्तरिक राजश्व कार्यालयको नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेको आरोप लागेको छ ।  दाहालसँग आन्तरिक राजश्व कार्यालय कृष्णनगरले एक करोड पाँच लाख रुपैयाँ धरौटी ...