रौतहट : ऐलानी जग्गा नम्बरी बनाईदिने भन्दै रौतहटमा एकजना विधवा महिलालाई लाखौं रूपैयाँ ठगी गरेको सार्वजनिक भएको छ। स्थानीय मौलापुर नगरपालिका-८ सोनरनियाका स्वर्गीय गोविन्दसिंह कुर्मीकी पत्नी शान्ति देवीसँग लाखौं रुपैयाँ ठगेको सार्वजनिक भएको हो।विधवा महिला शान्ति देवी बिहीबार संचारकर्मीहरूसँग कुरा गर्दै स्थानीय गढीमाई नगरपालिका धनहारी गाउँका वीरेन्द्र यादवले पटकपटक गरि ६ लाख रुपैयाँ ठगको बताइन्। ‘मौलापुर-८ सोनरनिया गाउँभन्दा पश्चिम सरकारी स्वामित्वको तिरो नलाग्ने १० कट्ठा ऐलानी