सुकुम्बासीलाई ऐलानी जग्गा मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुर्गम पहाडी जिल्लाबाट मानिसहरू बोलाएर बाँकेको बैजनाथ गाउँपालिकाको पितमारी नजिकैको जंगलमा सुकुम्बासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।