कञ्चनपुर : स्थानिय तहको निर्वाचनमा दोधारा चाँदनी नगरपालिका-७ मा वडा सदस्य पदमा श्रीमान श्रीमती विजयी भएका छन्।विजयी हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय सदस्य पदमा निर्वाचित भएका हुन्। श्रीमान श्रीमती दुवै जनाले फरक फरक पार्टीबाट चुनाव लडेर विजयी भएका हुन्।सन्दीप नेकपा(एमाले)बाट र कमला नेपाली कांग्रेसबाट वडा सदस्य पदमा चुनाव लडेका थिए। सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत ल्याई विजयी भएका छन्। ‘दुवै जनाले आ-आफनो पार्टीका लागि मत माग्यौ&