म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सफ्टवेयरबाट राजस्वको बिल काट्ने, अभिलेखलाई सर्भर बनाएर भण्डारण गर्ने, व्यक्तिगत घटना दर्तालगायतको सेवाप्रवाह छिटोछरितो गराएको छ । कार्यालयमा उपस्थित भएर औंठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवादिने गरेको हो ।सूचना प्रविधिको प्रयोगबाट सेवाप्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरलीकृत र पारदर्शी बनाउने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत […]