काठमाडाैँ- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाइते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बी एण्ड बी अस्पताल पुगेका मन्त्री अथकले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन्। प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा […]