रेणुकालाई भेट्न मन्त्री अथक अस्पतालमा, छिट्टै मैदानमा फर्केकाे हेर्ने चाहना

काठमाण्डाै – युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।  एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाइते भएकी नगरकोटीलाई भेट्न आज बिहीवार बिहान बी एन्ड बी अस्पताल पुग्नुभएका मन्त्री अथकले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।  प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताउनुभयो । उहाँले घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता...