गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो ।सुन्तला खानेमा ६ जना सहभागी भएका थिए । यसमा सबैभन्दा बढी खाएर प्रथम सुशील खनाल भए। उनले तोकिएको पाँच मिनेटमा एक किलोग्राम सात सय ६५ ग्राम सुन्तला खाएका थिए । उनले एक हजार नगद पुरस्कार पाएका छन् । त्यस्तै प्रतियोगितामा सहभागी मनोज अर्यालले एक किलो चार सय ६० ग्राम, प्रेम पन्