प्रधानमन्त्री कार्यालयले नेपाल प्रहरीसँग ३५ सवारी चालक माग गरेको चौथो दिन गृह मन्त्रालयले सशस्त्र प्रहरीसँग सात जना सवारी चालक मागेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामछिानेले मन्त्रालय सम्हालेको दोस्रो दिन कार्यविधि र मापदण्ड विपरीत खटेको सबै सुरक्षाकर्मी र सवारी चालकहरू सम्बन्धित निकायमा फिर्ता गर्न निर्देशनलाई उनकै मन्त्रालयले उल्लङ्घन गर्दै बिहीबार सशस्त्र प्रहरीबाट सवारी चालक मागेको हो ।