ब्याजदर नियन्त्रणमा राष्ट्र बैंक थप कडा सबै बैंकको अधिकतम ब्याजदर समान हुने

बैंक तथा वित्तीय संस्थाले दिने अधिकतम ब्याजदर अब समान हुने भएको छ । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले अब आफ्नो वर्गका सबै बैंकहरूले अघिल्लो महिना प्रस्ताव...

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटाउन माग

लुम्बिनी, २९ मङ्सिर । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानीयोग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको ब्याजदरलाई कारक मान्दै माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर कायम हुनुपर्नेमा जोड दिएको छ । सङ्घको टोलीले बिहीबार नेपाल राष्ट्र बैंक भैरहवा शाखामार्फत ऋणको […]

विकास ऋणपत्रको ब्याजदर नियन्त्रण गर्दै राष्ट्र बैंक

काठमाडौं। बैंक, वित्तीय संस्थाहरूले बढी ब्याजदर माग गरेपछि नेपाल राष्ट्र बैंकले तोकिएको दरभन्दा बढीमा ऋणपत्र विक्री गर्न अस्वीकार गरेको छ । राष्ट्र बैंकले आइतवार १० अर्ब रुपैयाँ बराबरको ६ वर्षे अवधिको विकास ऋणपत्रका लागि बोलकबोल गरेको थियो । ऋणपत्रका लागि राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदर तोके पनि बैंकहरूले त्यसभन्दा बढीमा बोलकबोल गरेपछि कम ब्याजदरको आवेदकलाई मात्र विक्री गरेको हो ।  बैंकहरूले २४ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्रका लागि आवेदन गरेका थिए । तर, राष्ट्र बैंकले ‘कट अफ रेट’भन्दा बढीमा विक्री नगर्दा ६ अर्ब ८० करोड रुपैयाँ बराबरको मात्र बाँडफाँट भएको छ ।  यसअघि भदौ १ गते पनि केन्द्रीय बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्रमा बैंकहरुले उच्च ब्याजदर बोलकबोल गरेपछि केन्द्रीय बैंकले त्यसको बाँडफाँट रद्द गरेको थियो । बैंकहरूले भदौको लागि निक्षेपको ब्याजदर बढाएपछि सरकारी ऋणपत्रको पनि ब्याजदर बढाउन खोजेका थिए । त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले बढी ब्याजदरमा ऋणपत्र विक्री नगरेको राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागका एक अधिकारीले बताए ।  केन्द्रीय बैंकले चालू आर्थिक वर्षको शुरूमा साउन १९ गते र साउन २९ गते १०/१० अर्ब रुपैयाँको ऋणपत्रका लागि बोलकबोल गरेको थियो । साउन १९ गते जारी भएको ६ वर्षे ऋणपत्रमा ६ दशमलव ५ प्रतिशत ब्याजदर कायम गर्दा ४ अर्ब १६ करोडको मात्र ऋणपत्र बाँडफाँट भएको थियो । यस्तै साउन २९ गते निष्कासन भएको विकास ऋणपत्रमा ७ प्रतिशत ब्याजदर कायम गर्दा ६ खर्ब ९० अर्बको मात्र विक्री भएको थियो ।  गत आर्थिक वर्षमा सरकारले १० दशमलव ९३ प्रतिशतसम्म ब्याजदरमा ऋणपत्र जारी गर्दा औसत ब्याजदर ८ दशमलव ६४ प्रतिशत कायम भएको थियो । चालू आर्थिक वर्षमा भने ऋणपत्रको औसत ब्याजदर ६ दशमलव ८८ प्रतिशत मात्र छ । यसैगरी गत वर्ष १२ प्रतिशत नाघेको ट्रेजरीको ब्याजदर चालू आर्थिक वर्षमा ६ प्रतिशत हाराहारीमा रहेको छ । बैंकहरूमा तरलता अवस्था सहज भए पनि ऋण लगानी नगर्दा ब्याजदर घटिरहेको छ ।

ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख : राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै वाह्य क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर घट्न थालेको उल्लेख गरेको हाे । राष्ट्र बैंकले मौद्रिक समीक्षामा भनेको छ, ‘ब्याजदर क्रमशः घट्न थालेको छ […]

ब्याजदर घटाउने नीति लिँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने नीति अवलम्बन गर्ने भएको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चापलाई न्यून गर्न केन्द्रीय बैंकले अघिल्लो वर्षदेखि नै मागमा संकुचन ल्याउने गरी ब्याजदर वृद्धिको नीति लिँदै...

अध्ययनमा राष्ट्र बैंक, तत्काल लचिलो नहुने

बैंक ब्याजदर कम गराउन र चालू पुँजी कर्जाको पछिल्लो निर्देशनलाई स्थगन गर्न निजी क्षेत्रले चर्को दबाब दिए पनि राष्ट्र बैंकले तत्कालै लचिलो नहुने संकेत गरेको छ । व्यवसायीहरूले चालू पुँजी कर्जालाई कम्तिमा २ वर्ष स्थगन गर्ने माग राखेकामा केन्द्रीय बैंकले अध्ययनकै क्रममा रहेको भन्दै तत्कालै स्थगन हुन्छ भन्न नसकिने बताएको हो । राष्ट्र बैंक आर्थिक […]

ब्याजदर नघटाए आन्दोलन गर्ने होटल व्यवसायीको चेतावनी

पोखरा – बैंक तथा वित्तीय संस्थाले केही महिनायता वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रने चेतावनी पोखराका होटल व्यवसायीले दिएका छन् । वित्तीय संस्थाले वृद्धि गरेको चर्को ब्याजदर घटाउने काम गरिएन भने व्यवसायीले राष्ट्र बैंक र अर्थमन्त्रालयमा धर्ना दिनाका साथै तालाबन्दी गर्ने चेतावनी व्यवसायीले दिएका छन् । होटल सङ्घ पोखरा नेपालले शुक्रबार यहाँ पत्रकार भेटघाट कार्यक्रम […]

निक्षेपमा ब्याजदर छानबिन गर्दै राष्ट्र बैंक, बढी दिएको पाए निष्क्रिय बनाइदिने

२८ भदौ, काठमाडौं । बैैंकहरुले निक्षेप तान्न जथाभावी ब्याजदर बढाएपछि राष्ट्र बैंकले अनुगमन सुरु गरेको छ । निक्षेपको ब्याजदर जथाभावी बढाएको धेरै गुनासो आएपछि सुपरीवेक्षण विभागबाट अध्ययन भइरहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले १८ भदौमा आयोजना गरेको एक कार्यक्रममा पनि डेपुटी गभर्नर मिश्रले प्रकाशित ब्याजदरमा तलमाथि […]

राष्ट्र बैंक ब्याजदर बढ्ने गरी मौद्रिक नीति ल्याउने

काठमाडौं, असार २१ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरू […]

ब्याजदर वृद्धि र आयातमा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक स्थायित्व कायम गर्न र मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने तयारी गरेको छ । केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर बढाउने संकेत गरेको हो । राष्ट्र बैंकले भारत, अमेरिका, बेलायत, र ब्राजिलजस्ता देशमा मुद्रास्फिति बढेको भन्दै यसको प्रभाव नेपालमा पर्ने आँकलन गर्दै ब्याजदर बढाउने संकेत […] The post ब्याजदर वृद्धि र आयातमा कडाइ गर्दै राष्ट्र बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सहकारीको ब्याजदर बढाउने तयारी, बिहीबार बैठक बस्दै

सहकारीको ऋण लगानी तोकिएको अधिकतम ब्याजदरको सीमा (सन्दर्भ ब्याजदर) पुनरावलोकन गर्न बिहीबार बैठक बस्ने भएको छ । सहकारी विभागका रजिस्ट्रारको संयोजकत्वमा रहेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बोलाइएको समितिका एक सदस्यले जानकारी दिए । समितिमा सहकारी र अर्थ मन्त्रालयका साथै नेपाल राष्ट्र बैंक, सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ तथा  विषयगत सहकारी संघका प्रतिनिधि सदस्य छन् । बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभावसँगै ब्याजदर बढाएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर बढाउन सहकारीकर्