विकास ऋणपत्रको ब्याजदर नियन्त्रण गर्दै राष्ट्र बैंक

काठमाडौं। बैंक, वित्तीय संस्थाहरूले बढी ब्याजदर माग गरेपछि नेपाल राष्ट्र बैंकले तोकिएको दरभन्दा बढीमा ऋणपत्र विक्री गर्न अस्वीकार गरेको छ । राष्ट्र बैंकले आइतवार १० अर्ब रुपैयाँ बराबरको ६ वर्षे अवधिको विकास ऋणपत्रका लागि बोलकबोल गरेको थियो । ऋणपत्रका लागि राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदर तोके पनि बैंकहरूले त्यसभन्दा बढीमा बोलकबोल गरेपछि कम ब्याजदरको आवेदकलाई मात्र विक्री गरेको हो ।  बैंकहरूले २४ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्रका लागि आवेदन गरेका थिए । तर, राष्ट्र बैंकले ‘कट अफ रेट’भन्दा बढीमा विक्री नगर्दा ६ अर्ब ८० करोड रुपैयाँ बराबरको मात्र बाँडफाँट भएको छ ।  यसअघि भदौ १ गते पनि केन्द्रीय बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्रमा बैंकहरुले उच्च ब्याजदर बोलकबोल गरेपछि केन्द्रीय बैंकले त्यसको बाँडफाँट रद्द गरेको थियो । बैंकहरूले भदौको लागि निक्षेपको ब्याजदर बढाएपछि सरकारी ऋणपत्रको पनि ब्याजदर बढाउन खोजेका थिए । त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले बढी ब्याजदरमा ऋणपत्र विक्री नगरेको राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागका एक अधिकारीले बताए ।  केन्द्रीय बैंकले चालू आर्थिक वर्षको शुरूमा साउन १९ गते र साउन २९ गते १०/१० अर्ब रुपैयाँको ऋणपत्रका लागि बोलकबोल गरेको थियो । साउन १९ गते जारी भएको ६ वर्षे ऋणपत्रमा ६ दशमलव ५ प्रतिशत ब्याजदर कायम गर्दा ४ अर्ब १६ करोडको मात्र ऋणपत्र बाँडफाँट भएको थियो । यस्तै साउन २९ गते निष्कासन भएको विकास ऋणपत्रमा ७ प्रतिशत ब्याजदर कायम गर्दा ६ खर्ब ९० अर्बको मात्र विक्री भएको थियो ।  गत आर्थिक वर्षमा सरकारले १० दशमलव ९३ प्रतिशतसम्म ब्याजदरमा ऋणपत्र जारी गर्दा औसत ब्याजदर ८ दशमलव ६४ प्रतिशत कायम भएको थियो । चालू आर्थिक वर्षमा भने ऋणपत्रको औसत ब्याजदर ६ दशमलव ८८ प्रतिशत मात्र छ । यसैगरी गत वर्ष १२ प्रतिशत नाघेको ट्रेजरीको ब्याजदर चालू आर्थिक वर्षमा ६ प्रतिशत हाराहारीमा रहेको छ । बैंकहरूमा तरलता अवस्था सहज भए पनि ऋण लगानी नगर्दा ब्याजदर घटिरहेको छ । 

सम्बन्धित सामग्री

अर्थ मन्त्रालय र राष्ट्र बैंक प्रतिस्पर्धी होइन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक प्रतिस्पर्धी नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा भएको म्यानेजमेन्ट समिट–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक...

राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्छ : गभर्नर अधिकारी

गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्ने बताएका छन्। राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगकोे सहकार्यमा आयोजना गरेको आर्थिक पत्रकारका लागि...

६८औँ वार्षिकोत्सव मनाउँदै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज ६८औँ वार्षिकोत्सव मनाउँदै छ । १४ वैशाख २०१३ मा राष्ट्र बैंक स्थापना भएको थियो ।

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत आइतबार मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो। विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले यो कार्यक्रम...

राष्ट्र बैंक अगाडि व्यापारीको धर्ना

नेपालगञ्ज – नेपालगञ्जका व्यापारीले राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीति ल्याएपछि व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाइमा व्यापारीले राष्ट्र बैंक अगाडि एक घण्टा धर्ना दिएका हुन् । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले […]

राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको द्वन्द्वले पर्ने असर

सरकारले आफ्नो आर्थिक नीतिले डो-याउनुपर्ने अर्थतन्त्र मौद्रिक नीतिको भरमा छोडिदिँदा यसबाट अझै अर्थतन्त्रमा परेको दबाब घट्न सकेको छैन । नेपाल राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार हो । तर, पछिल्ला समय राष्ट्र बैंक तथा अर्थमन्त्रालयबीच देखिएको द्वन्द्वले सरकारको अर्थतन्त्रप्रतिको दृष्टिकोण पनि उजागर गरेको छ । अर्थमन्त्रालयले राष्ट्र बैंक चलाउन खोज्ने अनि राष्ट्र बैंकले आर्थिक नीति […]

सहकारीको अनुगमन गर्दै नेपाल राष्ट्र बैंक

ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ ।प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको सिभिल सहकारी संस्था समस्याग्रस्त भएसँगै सरकारलाई सहकारीको अनुगमन प्रभावकारी बनाउन दबाब छ । यसैगरी सहकारीबाट पीडित सर्वसाधारणले बचत फिर्ताको माग गर्दै स

सहकारीको अनुगमनमा राष्ट्र बैंक

काठमाडौं, माघ ९ । ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार […]

समस्याग्रस्त सहकारीको अनुगमन गर्दै राष्ट्र बैंक

ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको सिभिल सहकारी संस्था समस्याग्रस्त भएसँगै सरकारलाई सहकारीको अनुगमन प्रभावकारी बनाउन दबाब छ । यसैगरी सहकारीबाट पीडित सर्वसाधारणले बचत फिर्ताको माग गर्दै सडकमा आन्दोलनसमेत गर्न था...

अर्थसचिवद्धारा राष्ट्र बैंक सञ्चालकको पद तथा गोपनीयताका शपथ

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसमक्ष न्यायाधीश केसीले सचिव मरासिनीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ […]