पार्टी सचिव एवं अर्घाखाँचीबाट प्रतिनिधिसभामा सदस्य रहेका टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि एमालेले तत्कालका लागि 'पर्ख र हेर'को रणनीति अंगीकार गर्ने देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय पदाधिकारी नै जोडिए पनि एमालेले तत्काल उनीमाथि कारबाही गर्ने मनस्थिति देखाएको छैन ।