प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताउनुभएको छ । कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । आफ्नो भारत भ्रमण मुलुकको आर्थिक सम्मुन्नतिका लागि सफल भएको उहाँको भनाइ …