दशैँ नजिकिएसँगै सम्भावित अपराधलाई नियन्त्रण तथा न्यूनीकरण गर्न काठमाडौंमा हरेक तीन हजार ३०२ प्रहरी परिचालन गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले दशैं तिहार मनाउन बाहिरिने यात्रु र घर छोडेर गएको समयमा त्यसको सुरक्षाका लागि सादा पोशाक र बर्दीमा प्रहरी खटाइएको जानकारी दिए ।
‘दशैंमा घर खाली गरेर जानेहरूलाई प्रहरीलाई खबर गर्न भनेका छौं,’ उनले भने, ‘यसो हुँदा खाली भएको समयमा चोरी नहोस् भन्ने हाम्रो उद्देश्य हो ।’
उनका अनुसार मातहतका ...