काठमाडौं : संघीय संसद सचिवालयले महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत जान लागेका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई कानुन व्यवसायीले कुनै हालतमा रोक्ने बताएका छन्। उनीहरू अहिले सर्वोच्च अदालत परिसरमा भेला भइसकेका छन्। ‘हामी कानुन व्यवसायी यहाँ ठूलो संख्यामा छौं, हामी कुनै हालतमा उहाँलाई छिर्न दिँदैनौं, अधिवक्ता किर्तिनाथ शर्माले भने, उहाँ अहिले पनि निलम्बनमा हुनुहुन्छ।’उनले संसद सचिवालयले दिएको पत्र नै अवैधानिक भएको दाबी गरे। संसदले दफावार छलफ