बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने समयसीमा पर धकेलिँदै गएको छ ।
ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यो आयोजना प्रभावित बनेको हो ।
४५६ मेगावाटको आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०६७/६८ मा शुरू भएको थियो ।
आव ०७६/७७ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि आयोजनाको निर्माण कार्य अझैसम्म सकिन सकेको छैन ।
यद्यपि अब आयोजना निर्माण सम्पन्न गर्ने काम अन्तिम चरणमा रहेको भन्दै छिट्टै परीक्षण गर्ने तयारीमा रहेको आयोजनाका प्रमुख कार्यकार...