प्रतिनिधि सभा विघटनविरुद्धका रिटलाई हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइको तेस्रो दिन मंगलवारको सुनुवाइ पनि सकिएको छ । अर्को सुनुवाइ भोलि बुधवार हुने गरी तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मंगलवार अधिवक्ताहरू शिवकुमार यादव, हर्कबहादुर रावल, शेरबहादुर ढुंगाना, डा. रुद्र शर्मा, चन्द्रकान्त ज्ञवाली लगायतले बहस गरेका थिए ।
रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरूले बहुमतको सरकारलाई प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार संविधानले नदिएको ...