पैसा राख्ने बाकस भित्र मान्छे परेपछि

पैसा राख्ने बाकस भित्र मान्छे परेपछि आश भरोसा के रह्यो र लास बनेपछि । जाँदा टिकाटालो अनि आशीर्वाद नि लिएकै थियौ परिवारको एउटै आशा मात्र तिमी, तिमी थियौ । बाटो हेर्दै प्रियसीले कति दिन गनिन् होला कठै सबैको रूवाबासी कस्तो बिडम्बना होला । छातिभित्र आगो बल्छ, भत्भतिंदै मन पोल्छ कठै तिम्रो भाग्य कस्तो विधाता...

सम्बन्धित सामग्री

अशिक्षा र गरीबीको चरम अवस्था : २६ वर्षमा १२ सन्तानलाई जन्म, ७ को मृत्यु !

बझाङ । बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको । खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो । चिरापाणि (परिवारलाई चिनिने टोल) मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको रहेछ । बस्तीभन्दा टाढा भए पनि खन्दै स–सानो बारी (जमिन) जोड्नुभएको रहेछ । बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका खड्कालाई सुरूआती दिनमा भने परिवार पाल्न त्यति समस्या भएन । बालबालिका हुर्कंदै जाँदा उनका समस्याका पहाडहरू आँखै अगाडि आए । लामो समयपछि जोगिएका सन्तानको पालनपोषण गर्न खड्का दम्पतीको शक्ति हराउँदै गयो । बालबालिका शिक्षाबाट वञ्चित भए । हिलो, धुलो, कुपोषणको समस्याबाट गुज्रँदै किशोरावस्थामा पुगे । २६ वर्षमा १२ सन्तानलाई जन्म भिट्टुकी श्रीमती बेलु खड्काको उमेर ४० वर्ष भयो । केदारस्यूँ गाउँपालिकाको रजाडामा माइतीघर भएकी बेलु र भिट्टुले विसं २०५४ मा बिहे गरेका थिए । अहिले खड्का दम्पती दाम्पत्य जीवनमा प्रवेश गरेको २६ वर्ष भइसक्यो । यो अवधिमा बेलुले १२ सन्तानलाई जन्म दिइसकिन् । खड्का दम्पतीको पहिलो सन्तान बिहे गरेको दोस्रो वर्ष (२०५५ साल) मै जन्मियो । तीन महीना नपुग्दै सन्तान गुमाउनु परेपछि निकै तनावमा भए खड्का दम्पती । अर्को वर्ष नपुग्दै दोस्रो सन्तान जन्मियो । दोस्रो पनि तीन/चार महीनाको बीचमै गुम्यो । तेस्रो, चौथो हुँदै सातौँसम्म लगातार सन्तान गुमाएपछि उनीहरूले गाउँ नै छोड्ने निधो गरे । “गाउँलेले अब तिम्रो जिन्दगी सकियो, निःसन्तान हुने भयौ भनेपछि गाउँमा बस्ने मनै भएन”, भिट्टु सम्झन्छन्, “गाउँ नफर्किने गरी जाने मन थियो, तर जाने ठाउँ नै भएन । न त जाने खर्च नै । चरम पीडालाई च्यापेर त्यतै टाँस्सियौँ ।” भिट्टु जीवनबाट निराश हुँदै मदिरातर्फ सल्किए । त्यो बीचमा फेरि आठौँ सन्तानको रूपमा छोरीको जन्म भयो । छोरी जन्मेको एक सातामै उनीहरू गडरायका वैद्य (जडीबुडी डाक्टर) को सल्लाहमा गए । पछि वैद्यको औषधिले पहिलो सन्तान जोगायो । पहिलोसहित लगातार दुई छोरी जन्मिएपछि फेरि गाउँलेले छोरा जन्मिएन भनेर कुरा काट्न थाले । गाउँले होच्याइरहेको बेला उनको छोरा जन्मियो । भिट्टुले छोरा जन्मिएको खुसियालीमा गाउँलेलाई ऋण निकालेर एक हप्तासम्मै छैठी (जन्मको उत्सव) खेलाए । सन्तान हुर्कदै गएपछि घरमा बस्न निकै साँघुरो भयो । त्यसपछि उनीहरू खानडाँडामा गोठ बनाएर बस्न थाले र कान्छो छोरा हर्कको जन्म पनि खानडाँडामै भयो । १२ वर्षमा छोरीलाई विद्यालय भर्ना आर्थिक अवस्था कमजोर र विद्यालय टाढा भएकै कारण खड्काले छोराछोरीलाई किशोरावस्था प्रवेशसँगै विद्यालय पठाउन शुरू गरे । जेठो छोरीले नपढे पनि माइलो छोरीसहित पछिका सन्तानलाई अहिले विद्यालयमा भर्नासम्म गरेका छन् । रिरा खड्का भिट्टुकी माइली छोरी हुन् । उनको उमेर १४ वर्ष भयो । अहिले उनी ३ कक्षामा पढ्छन् । कान्छी छोरी १२ वर्षीया जौकला र ११ वर्षीय छोरा दीपकलाई भिट्टुले एक कक्षामा भर्ना गरिदिएका छन् । नौ वर्षीय हर्कलाई भने सानै उमेर भन्दै विद्यालय पठाएको छैन । यता भिट्टु भने गरिबीको कारण कुनै सन्तानलाई पनि विद्यालय पठाउन नसकेको बताउँछन् । “सबैका छोराछोरी पढ्न जान्छन् । आफ्ना छोराछोरीलाई पनि विद्यालय पठाउन मन लाग्छ । तर, लुगाकपडा त के, कापी कलमसमेत किन्नलाई पैसा हुँदैन ।” उनी बोल्न नसकी भक्कानिन्छन् । आफ्नो छोरीसँगैका बालबालिका अब एसइई दिने तयारीमा पुगेको उनले बताए । “हामीलाई त मान्छेले मात्रै होइन, भगवान्ले पनि ठग्यो ।” उनले भने । अहिले आफूसँग छोराछोरीलाई कलम किन्ने पैसा नभएको उनले बताए । उनले भने, “विद्यालयले भर्ना गर्न जाँदा कक्षामा पोसाक अनिवार्य लगाउनु भनेको छ, नत्र नआउनु भनेको छ । तर, मसँग सुक्को पैसा छैन । गाउँलेले फालेको कपडा त हामी नयाँ भन्दै ल्याएर शरीर ढाक्छौँ । कताबाट नयाँ पोसाक पाउनु !” घर जलेर पीडामाथि पीडा खानडाँडामै तीन वर्षअघि खड्काको घर जलेर नष्ट भयो । आगलागी भएपछि निभाउन सक्ने अवस्था नै रहेन । “डाँडामा भएको घर । निभाउनका लागि माटो मात्रै विकल्प थियो, पानीको हाहाकार । पिउनलाई त एक किलोमिटर टाढाबाट बोकेर ल्याउनुपथ्र्यो पानी । दुई/चार नजिकका छिमेकीले साना–साना भाँडामा पानी लिएर आउँदासम्म खरानी भइसकेको थियो उनको घर ।” खड्का सम्झन्छन् । खड्काको गोठमा तीन बाख्रा थिए । घरसँगै बाख्रा पनि पूर्ण रूपमा जलेर नष्ट भए । बेलुले भनिन्, “हामी बेहोस भइसकेका थियौँ । गाउँले आएर आगो फैलन दिएनन् । माटोले निभाएछन् । पछि हेर्दा बाख्राको त खप्परबाहेक सबै नष्ट भइसकेछ ।” पछि गाउँमा मुचुल्का गर्नुपर्ने कुरा उठेको थियो । “त्यो पनि ढिला भइसकेको रहेछ ।” उनले भनिन् । घरमा बाकस नहुँदा महत्वपूर्ण सरसामान पनि जोगाउन नसकेको उनले सुनाइन् । “बाकस थिएन, ज्याला गरेर जम्मा पारेको १२ हजार रूपैयाँ पनि छानोको भित्तामा राखेका थियौँ,” बेलु भन्छिन्, “भरखर किनेका चार/पाँच ब्लांकेट, सबै जनाका एक/एक जोर नयाँ लुगा, भरखर ल्याएका दुई बोरा चामल र गहुँ छुनै नपाएर नष्ट भए ।” त्यस यता अहिलेसम्म कसैका लागि पनि कपडा किन्न नसकेको उनले बताइन् ।  खड्काका अनुसार घरमा सबै सामान लगाएर साढे पाँच लाखसम्मको सम्पति जलेर खरानी भयो ।आफन्तहरूले कपडा भाँडाकुँडा र केही दिनका लागि खाद्यान्न सहयोग गरे । त्यसपछि लेकबाट निगालो ल्याउँदै डोका डालो बेचेर आएको पैसाले कोदो, धान किनेर खाने गरेको भिट्टुले बताए । “कोदोको मूल्य अलि सस्तो पर्ने हुँदा जहिल्यै कोदो किन्यौँ । केही किन्न नसक्ने अवस्था भएपछि गाउँ–गाउँमा गएर मागेर पनि अहिलेसम्म ज्यान धानेका छौँ ।” उनले भने । बाजेकै पालादेखि मितेरी साइनो भएको हुँदा धर्तिवाडाका ब्रामण समुदायबाट दानको सामग्री पनि खाएको उनले बताए । “गाउँघरमा ब्रामणलाई आएको दान आफूले नखानु भन्ने बुझाई छ”, उनले भने, “हुन त ब्रामणले पाएको दानबाट आएको चामल, पिठो हामीले खानुहुँदैन भन्नुहुन्छ । तर, के गर्नु, पापी पेट मान्दैन । उहाँहरूले चामल पिठो लिएर जाउ भन्नुहुन्छ, ल्याउँछौँ । त्यसले पनि हप्तौँ दिन छाक टर्छ ।” ओहोरदोहोर गर्दा १० हजार खर्च, राहत मिल्यो ७ हजार घरमा आगलागी भएपछि राहतका लागि खप्तडछान्ना गाउँपालिकामा धेरै पटक धाए भिट्टुले । उनको घरबाट पालिका पुग्न झण्डै २०० रूपैयाँ जीपभाडा लाग्छ । राहतका लागि उनी दसौँ पटक पालिका पुगे । भिट्टु भन्छन्, “घरबाट पालिका पुग्न धेरै समय त लाग्दैन । तर, पटक–पटक जाँदा पनि कहिल्यै हाकिम नभेटिने, कहिल्यै अध्यक्ष नभेटिने, कहिल्यै ढिलो भइसक्यो भन्दैमा लामो समय बित्यो ।”  त्यो बीचमा भिट्टुको ८ हजार रूपैयाँ खर्च भइसकेको थियो । “तत्कालिन अध्यक्ष वर्कबहादुर रोकायाले सहयोग गर्छु भन्नुभयो,” उनी सम्झन्छन्, “त्यसका लागि आफन्तबाट राहत आउने भन्दै ओहोरदोहोरका लागि सापट रकम लिएँ । तर राहत पाउने कहिले हो कहिले भयो ?” पालिकामा बोलाएको बेलामा पुगिदिन भिट्टुले एक शिक्षकलाई आग्रह गरे । “धेरैपछि उनले राहत ल्याए ७ हजार रूपैयाँ । त्यसबाट २ हजार रुपैयाँ शिक्षकलाई नै दौडधुप गरेको भनेर भिट्टुले खर्च दिए । बाँकी ५ हजार रुपैयाँ राहत घरमा पुग्यो ।” उनी भन्छन् । सरकारी राहत खर्चभन्दा कम पाउनु र ढिलाइ हुनुमा उनका आफन्तलाई नै दोषी ठान्छन् भिट्टु । “त्यसले मदिरा खानलाई राहत माग्न आएको भन्ने नराम्रो खबर चिनजानेकैले सुनाएछन् । पालिकामा आफ्नो चिनजानको पनि कोही नहुँदा खर्चभन्दा कम राहत पाएँ ।” उनले भने ।राहतको नाममा एउटा संस्थाले गरेको सहयोगको गुन भने कहिल्यै नबिर्सने उनी बताउँछन् । ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडीसी) संस्थाले घर जलेको केही समयपछि लुगाकपडा, भाँडाकुँडा, खाद्यान्नलगायत केही राहत दिएको, सीप सिक्न मद्दत गरेको हुँदा यो सानो घर बनाएर बसेको उनले बताए । गाउँलेलाई खुसी पार्ने चौपायाको रेखदेख श्रम गर्न आफ्नो जमिन नभएपछि उनी खानडाँडा आएका थिए । खानडाँडामा उनले जमिन खन्दै गर्दा अहिले बारी फैलँदै गएको छ । त्यहाँ उब्जनी हुने अन्नले भने एक महीनालाई पनि खान पुग्दैन । “डाँडामा पानी छैन, मल पनि हुँदैन । अनि के उत्पादन हुन्थ्यो र ? कहिल्यै काम लाग्न सक्छ भनेर गरा (समथर बारी) बनाएको हुँ ।” उनले भने । अहिले भिट्टुको गोठमा डेढ दर्जन गाई गोरू छन् । “गाउँलेले गाईले दूध नदिने भएपछि हेर्ने मान्छे छैन भन्दै यहाँ लिएर आउँछन्,” भिट्टु भन्छन्, “खुला ठाउँ भन्दै फिर्ता नगर्नु, आफैँ पाल्नु, खानु भनेर यता ल्याएर छोड्छन् । म पनि उहाँहरूलाई खुसी पार्न, मल पनि बढाउन सकिन्छ भन्दै गोठमा बाँध्ने गरेको छु ।” गाउँमा सबैका छोराछोरीहरू विद्यालय जान्छन्, आफ्ना छोराछोरीहरू गाउँलेले छोडेका वस्तुभाउ चराउने गरेको उनी बताउँछन् । “घरमा गोरू हेर्ने मान्छे छैन भन्नुहुन्छ, छोराछोरी स्कुल जान्छन रे । त्यो समस्या देखाएर गाई गोरू सिधैँ यतै लिएर आउँछन् । कहिलेकाँही चामल, पिठो उहाँहरूलाई नै सहयोग माग्नुपर्छ भनेर पनि “हुँदैन” भन्न सकिँदैन । पालिरहेको छु ।” उनले भने । गोरू मात्रै नभई एक आफन्तले घोडासमेत पाल्नका लागि छोडेको उनले बताए । भूमिराज पिठातोली/रासस

नेम्बाङको कटाक्ष : ‘खनालको अभिव्यक्ति आएदेखि हाछ्युँ शुरु’

इलाम : स्थानीय निर्वाचनको चुनावमा प्रचारप्रसारका लागि गृहजिल्ला इलाममा रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले एमाले छाडेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि फेरि कटाक्ष गरेका छन्।शनिबार फाकफोकथुम गाउँपालिकामा आयोजित एमालेको चुनावी जनसभालाई सम्बोधन गर्दै नेम्बाङले ‘नाम बिर्सिए पनि हिजो अस्तिसम्म आफ्नै नेता भएजस्तो लाग्ने मान्छे अहिले कता पुग्नुभयो थाहा छैन’ भन्दै खनालप्रति कटाक्ष गरे।केही समयअघि खनालले चुनावमा ओलीको बाकस खाली गराउनुपर्ने र नेकपा एमालेला

‘चिसो मान्छे’ बैशाख ३० मा प्रदर्शन

दीपेन्द्र के खनाल निर्देशित पछिल्लो फिल्म गते प्रदर्शनमा आउने भएको छ । निर्देशक खनालले फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । यस अगाडि भदौमै आउने बताइएको फिल्म कोरोनाको कारण बन्द हल समयमा नखुलेपछि प्रदर्शनमा आउन सकेको थिएन । अहिलेको समयअनुसार फिल्मको प्रदर्शन बैशाख ३० आफुले उपयुक्त देखेको निर्देशक खनालले बताए । फिल्मको फष्टलुक भने थिममा बनाइएको छ । जसमा दुर्गम भेगको एक रुखको चौतारामा विदेशबाट मृत शरीर बोकेर आएको रातो बाकस र त्यसमाथि कालो रंगको लगेज ब

बालुवाटारमा सधैं रमिता छ !

उहिले इन्द्रबहादुर राईले लेखेथे– आज रमिता छ । तर अहिले बालुवाटारमा त सधैं रमिता छ । उहिले ‘जसको तरबार उसैको दरबार’ भन्थे । तरबारवाजमध्ये सबैभन्दा तेज राजा वा मन्त्री हुन्थ्यो र ऊभन्दा कम तेजहरू भारदार बन्थे र भारदारका पनि आफ्नै भारदार हुन्थे । उहिलेका भारदार र अहिलेका सरदार अर्थात् नेतामा खास फरक छैन । उहिले सत्ता पाउन तरबार चलाउने भारदारहरू जम्मा गर्नुपर्थ्यो, अहिले एकातिर तर मार्नेहरू र अर्काेतिर नारा लगाउने भाडाका मान्छेहरू जम्मा गर्न सक्नुपर्छ । अँ, अर्को पनि फरक छ उहिलेको र अहिलेको । उहिले कोतमा भारदार जम्मा हुन्थे, काटाकाट गर्थे, जित्नेले पगडी पाउँथ्यो र हार्नेहरू यमलोक पुग्थे । अहिलेका राजा र मन्त्रीले आफै लड्नु पर्दैन, लड्ने भिन्दै जत्था तयार छ । देख्नुभएन सधैं भिड्न तयार भारदारहरूको भीड ? पहिले स्याल र हनुमानका कथा लेखिन्थे, अहिले प्रत्यक्ष देखिन्छ । बालुवाटार फाल्ने, फालिने, आउने, जाने सबैका लागि खुशी रोप्ने, खुशी नै काट्ने एउटा साझा चौतारी हो । कमाउनेदेखि जमाउनेसम्मको त सम्पर्क कार्यालय नै हो क्यारे बालुवाटार । उहिले भारदारबीच ‘जिरो सम गेम’ हुन्थ्यो । अर्थात् जित्नेले सबै पाउने, हार्नेले सबै गुमाउने । तर अचेल त्यस्तो छैन । जित्नले पनि हार्नेको भाग राखिदिएकै हुन्छ, ठेक्कापट्टामा जस्तै । एउटा ठालुलाई ज्वरो आयो भने अर्को ठालुलाई रातभर निद्रा लाग्दैन । झापाली काकाले आफूलाई दिनरात गाली गर्ने इलामे काकालाई कहिले दबाइदारुका लागि खर्च बेहोरेको त कहिले सर्प पाल्न करोडौं खर्च दिएको त देख्नु नै भएको होला नि । बूढानीलकण्ठका खास मान्छेलाई बालुवाटारले राजदूत बनाएको पनि थाहा नपाउने कोे छ र ? बाहिर मारामार गरे पनि भित्र त चाटाचाट पो गर्छन् त । हो, उहिले साँच्चै भिड्थे, अहिले भिडेजस्तो मात्र गर्छन् । पहिले गोलीले भिड्थे, अहिले गालीले भिड्छन् । तर भेडाहरू भने साँच्चिकै ठानेर भिड्न थाल्छन् अनि आपसमा पानी बाराबार गर्छन् । बोलचाल बन्द गर्छन् । तर माथिकाहरू भने भित्र बसेर मिलिजुली खाइरहेका हुन्छन् । उहिले हार्नेले कि त देश, नभए पनि उपत्यका त छाड्नैपथ्र्यो । अहिले त ‘त्यो पर्दैन’ । हार्ने र जित्नेले यही उपत्यकामा बसी बसी मोज गर्ने हो । हार्नेले पनि जित्नेलाई तुरुन्त बधाई दिन्छन् । तपाईं भन्नुहोला क्या संस्कारवान् रहेछन् । तर त्यस्तो होइन नि । यो बधाई दिने भनेको त मेरो भाग पनि सुरक्षित राखीदिनू है भनेको हो । ‘भागशान्ति जय नेपाल !’ भन्ने उखान त्यसै जन्मेको हैन नि । पछिल्लो लडाइँमा त्यस्तो भएनछ । यो चाहिँ गडबडीको संकेत हो । यसै हप्ता बालुवाटारमा केही मानिस छिरेका छन् । बालुवाटारमा नयाँ मान्छे आएपछि के के न चमत्कार हुने भो भनेर केही मानिस दुई दिन मच्चिन्छन्, अनि थच्चिन्छन् । तर बालुवाटारमा नयाँ मान्छे कहिले आएको छ र भन्या ? चन्दा दिने उही, ठेक्कामा पट्टाउने उही, कमिसनको घेरो उही हुन्छ । रमाउने उही, कमाउने उही, अनि जमाउने पनि उही । अनि कसरी नयाँ मान्नु ? यो पुरानो बोत्तलमा रक्सी फेरेजस्तो मात्रै त हो नि । अहिले जो आएका छन्, ती तीन वर्षअघि बालुवाटारमै थिए । त्यसअघि पनि कतिपटक त्यहीँ थिए । जो निस्किए ती पनि पाँच वर्षअघि त्यहीँ थिए, सात वर्षअघि पनि त्यहीँ थिए । उनीहरूका लागि बालुवाटार आलोपालो मात्र हो । कहिले दक्षिण त कहिले उत्तर फर्किने यिनको रामरमिता पनि पुरानै हो । हो, हिजो बा थिए आज दाइ आए । ‘हाम्रा दाइ आए’ भनेर अब त दाइँ गर्ने पालो हाम्रै हो भनेर भारदारहरू बेस्सरी उफ्रेका छन् । यसबीचमा केहीले प्रसाद पाउलान् पनि । तर धेरैका लागि त यो फुरफुरी केही दिनको मात्र हो । बाका भित्रिया र दाइका भित्रिया एकै भएको थाहा पाएपछि ती दाइका भैयादहरू आफू करिया मात्र भएको पनि चाल पाउँछन् । अन्तिममा कथाकी सतीलाई दोष लगाएर राम्रा मान्छेको यहाँ कदरै हुँदो रहेनछ भनेर गन्थन र मन्थन गर्न थाल्छन् ।    अहिले त बालाई ढालेर दाइ ल्याएँ भनी खुशी हुनेका घरमा पनि दशैं छ । उहिले भक्त प्रह्लादले बाउलाई र विभीषणले आफ्नै दाइ रावणलाई सिध्याएर आफै राजा भाथे रे भन्ने कथामा पढेको हो । तर यहाँ त आफ्नै घरमा आगो लगाएर खरानी खोज्ने पनि देखिए ! बालाई सकेर अर्काको दाइलाई पगडी बाँधिदिने किङमेकरहरू किङभन्दा बढी खुशी देखिए । यस्तो रमिता त बालुबाटारमा कति कति । सुराही र बाकस लिएर निस्कने सामन्तदेखि करोड पर्ने कारहरूको कारगेडमा निक्लने कामरेडसम्म । फरक समय, तर नियति उही, परिणति पनि उही ।    त्यसैले बालुवाटार फाल्ने, फालिने, आउने, जाने सबैका लागि खुशी रोप्ने, खुशी नै काट्ने एउटा साझा चौतारी हो । कमाउनेदेखि जमाउनेसम्मको त सम्पर्क कार्यालय नै हो क्यारे बालुवाटार । नपढीकनै प्राध्यापक बनेका, विज्ञता र विद्वत्ता नै नभए पनि विद्वान् बनेकाहरूका लागि त बालुवाटार सधै चाँदी कटाइ गर्ने ठाउँ हो । बिचरा पढाउने प्राध्यापक त चक डस्टर र ब्ल्याकबोर्डमै मस्त छन् । पढेकाहरू त्यही नपढेका बालुवाटारे विद्वान्का प्रपोजल लेख्नमै व्यस्त छन् । बालुवाटार भनेको वास्तवमा चाँदीटार हो, सुनटार हो, हीराटार हो, मोतीटार हो । गच्छे अनुसार जसले जे काट्न सक्दछ, बालुवाटारमा त्यही पाइन्छ । त्यहाँभित्र छिरेर हे¥यो भने अहोरात्र कुनै कुनामा चाँदी कटाइ भइरहेको हुन्छ, कुनै कुनामा सुन कटाइ भइरहेको हुन्छ, कुनै कुनामा हीरा कटाइ भइरहेको हुन्छ र कुनै कुनामा मानिसहरू मोती बटुलिरहेका हुन्छन् । यस्तो गज्जबको ठाउँ छ त नेपालमा अन्त कतै ?   त्यसैले त भनेको बालुवाटारमा सधैं रमिता छ !

धारा, बादल र बाको दलको गञ्जागोलले तिरीमिरी झ्याइँ

कोरोना भगाउने र ज्यान जोगाउने उपाय पत्ता लाउन नसकेर तिरीमिरी झ्याइँ भएको सरकार र सरकार हाँक्ने दलका मान्छे अहिले अरुका आँखामा तोरीको फूल हालेर तिरीमिरी देखाउन व्यस्त छन् । सरकार अस्पतालमा शय्याको सट्टा आर्यघाटमा दाउरा थप्न तल्लिन छ । नागरिक श्वासप्रश्वासको खोजीमा छन् । तर, सरकार विश्वास अविश्वासको खेल हुँदै चुनावको बाकस तयार गर्न मस्त छ । नागरिक खोपको पर्खाइमा छन्, नेता संविधानको धाराबाट पानी झार्न व्यस्त । अन्त कतै नदेखेको, नसुनेको, यहाँ कसैले सोच्दै नसोचेको, कल्पनै नगरेको, सितिमिति अरुले आँट्न पनि नसक्ने यस्तो अचम्म कि...

बुटवल पुगेर प्रधानमन्त्रीले भने- मान्छे कति छन्? भोट बाकस खन्याएर गनौं

प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको परीक्षण निर्वाचनको मत परिणाममार्फत गर्न प्रचण्ड-नेपाल समूहलगायतका राजनीतिक शक्तिलाई आह्वान गरेका छन्।

बाकस भित्र फर्कंदाको पीडा

पैसा राख्ने बाकस भित्र मान्छे परेपछि आश भरोसा के रह्यो र लास बनेपछि । जाँदा टिकाटालो अनि आशीर्वाद नि लिएकै थियौ परिवारको एउटै आशा मात्र तिमी, तिमी थियौ । बाटो हेर्दै प्रियसीले कति दिन गनिन् होला कठै सबैको रूवाबासी कस्तो बिडम्बना होला । छातिभित्र आगो बल्छ, भत्भतिंदै मन पोल्छ कठै तिम्रो भाग्य कस्तो विधाता...