कोरोनाका कारण पुनः धकेलिए राष्ट्रिय गौरवका खानेपानी आयोजना

वैशाख २६, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी–पूर्वी भेगअन्तर्गत तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन अब एक महीना मात्रै बाँकी थियो । वर्षौंदेखि खानेपानीका लागि रातदिन समस्या झैल्दै आएका तेमाल गाउँपालिका र छिमेकी दुई स्थानीय तहका बासिन्दाले सम्भवतः आगामी असारभित्रै घरघरमै खानेपानी पाउँदै थिए ।  कोरोना संक्रमणको उच्च जोखिमका कारण अब असारमै खानेपानी पाउने सम्भावना हाललाई टरेको छ । तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा पाँच वर्षअघि तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका थिए । सुनकोशीको पानीले ५५ हजारको जिन्दगानी जोगाउँदै थियो ।  ‘आउँदो असारसम्ममा खानेपानी आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएका थियौँ, कोरोनाका कारण काम रोकिएको छ, यो आयोजना सम्पन्न गर्न पाए तेमालको एउटा ठूलो सपना साकार हुने थियो’, तेमाल बृहत् सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष सङ्ग्रामजित लामाले भने । उनका अनुसार गत मंसिरमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम अघिल्लो वर्षको कोरोना संक्रमणले र अहिले पनि कोरोनाकै कारण पुनः धकेलिएको हो ।  विसं २०७२ असारमा सम्झौता भएको आयोजनाको काम गत मंसिरमा सक्ने लक्ष्य राखिएको थियो । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करीब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । भूकम्पलगत्तै भएका खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तर्खरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको बताइन्छ ।  नेपाल सरकार, खानेपानी विभागमार्फत रू. एक अर्ब २७ करोड, गाउँपालिकाको एक र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । हाल आयोजनाको करीब ९८ प्रतिशत भौतिक निर्माणको काम सकिएको जानकारी दिइएको छ ।  अर्को गौरवको आयोजना पाँचखाल नगर शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम धकेलिने भएको छ । अघिल्लो वर्ष नै कोरोना संक्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको आयोजनाको कामलाई अहिले पनि प्रभाव पार्ने देखिएको आयोजना उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए । ‘सामग्री ढुवानीमा निकै समस्या परेको छ, अन्य निर्माणको काम हाललाई नरोकिए पनि अब कामले निरन्तरता पाउनेमा चिन्ता छ’, उनले भने ।  पाँचखाल नगरपालिकाका १० वडाका ७ हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको थियो । परियोजनाको २०७६ भदौ १२ खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो ।  उक्त खानेपानी आयोजना रू. दुई अर्ब २१ करोडको लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइए पनि निर्माण कम्पनीले रू. एक अर्ब ३४ करोड ६६ लाखमा सक्नेछ । आयोजना सम्झौताको सर्तअनुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् रू. ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् ।  मण्डनदेउपुर नगरपालिकामा हालै मात्र रू. एक अर्बको सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजना स्वीकृत भएको छ । नगरका १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । कोरोनाका कारण प्रशासनिक काम भइरहे पनि हाललाई रोकिएको जानकारी दिइएको छ ।  टेन्डर आह्वानलगायत प्रशासनिक काम भइरहँदा कोरोनाले हाललाई रोकियो’, उपभोक्ता समितिका अध्यक्ष रामबहादुर लामाले भने । उनका अनुसार खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रू. ९६ करोड, स्थानीय उपभोक्ताबाट संकलित तथा नगरको लगानीसहित रू. एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।  आयोजनाका लागि स्थानीयवासीसँग उपभोक्ता समितिले प्रतिउपभोक्ता रू. एक हजार व्यहोर्नुपर्ने नीति बनाएको छ । खानेपानी आयोजनाबाट नौ वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुनेछन् ।  गत चैतदेखि परीक्षणको काम थालेका तीन नगरपालिका धुलिखेल, बनेपा र पनौती समेटिएको काभ्रे भ्याली एकीकृत खानेपानी आयोजनाको थप काम पनि हाललाई रोकिएको छ । रासस

सम्बन्धित सामग्री

मेलम्चीमा खोइ त छानविन?

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना जन्मदेखि नै भ्रष्टाचारको आहालमा डुबेको छ। यो आहालबाट १६ पदाधिकारी र दुई कम्पनीसमेतलाई अख्तियारले पाखामा ल्याइदिएको छ।...

बजेट अभावले निसीमा खानेपानी आयोजना सुरु हुन सकेन

बागलुङको निसीखोला गाउँपालिका– ५ निसीमा बस्ती विस्तार हुँदै गएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँमा जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ।  निसीमा घरघरमा धारा बने पनि...

भेलछडा–सिलगढी खानेपानी आयोजनाको बाटो खुला

वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने डोटीको भेलछडा, काडामाडौँ, गैरागाउँ तथा सिलगढी खानेपानी आयोजना निर्माणमा वर्षौदेखि हुँदै आएको अवरोध खुला गरिदिएका छन् । उक्त आयोजना निर्माणका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले निकुञ्जमा समस्या हुने भन्दै खानेपानी निर्माणकार्यमा विमति जनाउँदै आएको थियो ।भेलछडाको पानी सिलगढी ल्याउन निकुञ्जले विमति जनाएपछि त्यहाँका नागरिक खानेपानी नपाउने भन्दै निरास भएका थिए । मन्त्री यादवले यही साउन १८ गते मन्त्रिस्तरीय निर्णयबाट स्था

भेलछेडा–सिलगढी खानेपानी आयोजनाको बाटो खुला

काठमाण्डौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने डोटीको भेलछेडा (गैरागाउँ–काठमाण्डौ– सिलगढी) खानेपानी आयोजना निर्माणमा वर्षाैँदेखि हुँदै आएको अवरोध खुला गरिदिनुभएको छ ।  स्थानीय उपभोक्तालाई सहजै खानेपानी उपलब्ध गराउन, खानेपानीको व्यावसायिक प्रयोजन नगर्ने सर्तमा अहिले स्वीकृत भएको डीपीआर संरचनामा थप गर्न नपाउने गरी विभागले तोकिदिएको उपयुक्त विधिअनुसार आयोजना सञ्चालन तथा मर्मतका लागि मन्त्री यादवले यही साउन १८ गते निर्णय गर्नुभएको हो ।  यस आयोजना निर्म...

राष्ट्रिय गौरवका आयोजना अलपत्र, के छन् समस्या  ?

१८ साउन, काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गरी कार्यान्वयनमा ल्याएको १० वर्ष पुगेको छ । यसबीचमा दशकौं लामो समयदेखि उल्झनमा रहेकादेखि केही नयाँ आयोजना समेत यो सूचीमा अटाएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई पूर्ण रुपमा सञ्चालनमा आएका आयोजना हुन् । मेलम्ची खानेपानी आयोजना र पोखरा अन्तर्राष्ट्रिय […]

जुम्लामा धौलीगाड खानेपानी आयोजना निर्माणका लागि अर्थ मन्त्रालयकाे सहमति

काठमाण्डाै - जुम्लामा धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ । आयोजना निर्माण लागत एक अर्ब २६ करोड आठ लाख चार सय ९० रुपैयाँ रहेको छ । धौलीगाड बृहत् खानेपानी आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि लेखिएको विषय पेस हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पूरा गरी खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रिस्तरीय निर्णय भएको अर्थ मन्त्रालयको पत्रमा उल्लेख छ । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा आयोजना बनेपछि जुम्ला सदरमुकाममा खानेपानी अभाव हट्नेछ । चन्दननाथ...

धौलीगाडा खानेपानी आयोजना निर्माणका लागि अर्थले दियो सहमति

सिञ्जा । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सबैभन्दा ठूलो धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ । आयोजना निर्माण लागत रु एक अर्ब २६ करोड आठ लाख ४९० रहेको छ । धौलीगाड बृहत् खानेपानी आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि लेखिएको विषय पेस हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पूरा […]

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ ।बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।सरकारले काठमाडौं उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने ग

गौरवका आयोजनाहरू समयमै सम्पन्न भएका उदाहरण नै छैन

सडक, जलविद्युत्, सिँचाइ, विमानस्थल र खानेपानीलगायत २४ ओटा राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले हालसम्म रू. ३ खर्ब ४९ अर्ब लगानी गरिसकेको छ । ती आयोजनामा यो रकम लगानी भइसक्दा हालसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मात्रै सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजना लगभग सम्पन्न भए पनि बाढीपहिरोका कारण क्षति हुँदा थप अन्योल देखिएको छ ।गौरवका यी २ आयोजनाबाहेक अन्य आयोजनाहरू लामो समयदेखि निर्माणाधीन अवस्थामा छन् । माथिल्लो तामाकोशी र मेलम्चीबाहेक गौतम बुद्ध अन्तरराष्ट्रिय र पोखरा क्षेत्रीय अन्तरराष

मेलम्ची खानेपानीको दोस्रो चरणको निर्माण अघि बढाइँदै

काठमाडौं। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माणसमेत अघि बढाउने भएको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरेको छ। आगामी आवमा सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण, याङग्री खोलामा हेडवर्क र याङ्ग्रीबाट मेलम्चीसम्मको सुरुङको निर्माण अघि बढाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। रासस